नेपाल आइडल सिजन ६ को विजेता सिन्धुपाल्चोकको गंगा सोनाम
लोकप्रिय रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको उपाधि सिन्धुपाल्चोकको गंगा सोनामले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिएर उहाँले उपाधि हात पार्नुभएको हो । यस सिजनको फस्र्ट रनर–अप बबिता थापा मगर बन्नुभएको छ । त्यस्तै, दर्शना गान्धारी सेकेन्ड रनर–अप बन्दै चौथो र पाँचौं स्थानमा क्रमशः अभिनव खाती र मृनल मानन्धर पर्नुभएको छ ।
गायनमा आफ्नो दमदार आवाज र शैलीका कारण दर्शक र निर्णायकको मन जितेकी गंगा सोनामलाई सामाजिक सञ्जालमा समेत व्यापक बधाई र शुभकामनाको ओइरो परेको छ । शोको यात्रामा उहाँले विभिन्न चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पानुभएको थियो ।
नेपाल आइडलको यो सिजनलाई दर्शकले अत्यधिक रुचाएका थिए, जसमा देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूको पनि व्यापक सहभागिता र समर्थन देखिएको थियो ।
नेपाल आइडलको छैटौँ सिजनको अडिसनमा गंगा सोनामले...
