सम्पर्क

Month: २०८२ श्रावण १३ सोमबार

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् । विभागअन्तर्गतको पुल सेक्टर कार्यालय...
सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार सङ्खुवासभा समाज कतारले “चौथो अधिवेशन” भव्य रूपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्र बाट आगामी कार्यकालका लागी सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका वडा नं. १ का बिरेन मादेन लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्षमा मान बहादुर तामाङ, महासचिवमा शिव कुमार खत्री, उप महासचिवमा सञ्जय के.सी सचिवद्वय उमेश सुबेदी र विक्रम निरौला कोषाध्यक्षमा प्रकाश लिम्बु, सह कोषाध्यक्षमा खड्ग बस्नेत, साहित्य संयोजकमा राज कुमार सुवेदी,महिला संयोजकमा कृष्णा राई निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरूमा द...
सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक बाबुराम पन्थी सम्मानित हुनुभएका छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं महाधिवेशनमा प्रस्तुति दिन पुगेका गायक तथा सर्जक पन्थी सम्मानित हुनुभएको हुन् । कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै कलाकार पन्थीलाई सम्मान गरेको हो । गुल्मी सेवा समाज कतारका काःवा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा गायक पन्थीकै प्रमुख आतिथ्यमा “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भएको हो । सम्मान कार्यक्रममा समाजका, संस्थापक सदस्य बाबुराम महत,समाजका काःवा अध्यक्ष सुरज चन्द बोहोरा, प्रमुख संरक्षक बुद्ध पाण्डेय, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकार कुमार अविरल पन्थी, लगायत अन्य व्यक्तित्वहरूले खादा ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गर...
ठकुरी सहयोग सञ्जाल कतारले ११औं वार्षिकोत्सव भव्य रूपमा मनायो

ठकुरी सहयोग सञ्जाल कतारले ११औं वार्षिकोत्सव भव्य रूपमा मनायो

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक उपाध्यक्ष डा.देव काजी डगोंलको प्रमुख आतिथ्यमा शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा “११औं वार्षिकोत्सव” २०२५ भव्य रूपमा मनाएको हो । सम्पूर्ण अतिथिहरूलाई नेपाली ढाका टोपी शिरमा सजाई दिएर सम्मान गर्दै विधिगत रूपमा वार्षिकोत्सव अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रम संयोजक ईन्दिरा शाही ठकुरीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेको कार्यक्रममा कलाकार जिया हमालले स्वागत नृत्य पेस गर्नुभएको थियो । समाजले एक बर्षे कार्यकालमा उत्कृष्ट कार्य गरेको कार्यसम्पादन समाजका महासचिव सुरत शाही ठकुरीले पेश गर्नुभएको थियो । डिजिटल साइबर सेक्रुटीका प्...
सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ महानगरपालिकाले सडक दुर्घटनाको जोखिम कम गर्न साउन महिनादेखि आफ्ना मातहतका सडकहरूमा सडक सङ्केत चिह्न पुनःस्थापना गर्ने तयारी गरेको छ । सडक विभागसँगको सहकार्यमा मुख्य राजमार्ग बाहेकका क्षेत्रमा सङ्केत राख्ने र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने कामपाको योजना छ । पहिले राखिएका चिह्न मेटिँदा दुर्घटना र अव्यवस्थाको समस्या देखिएको भन्दै अब सडक प्रयोगकर्तालाई सचेत बनाउने अभियान पनि सँगै सञ्चालन गरिने ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । कामपाले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक क्लब गठन गरिरहेको छ । छानिएका विद्यार्थीलाई तालिम दिएर विद्यालयअगाडि सडक पार गराउन सहयोग गराउने योजना पनि अगाडि बढाइएको छ । यसै आर्थिक वर्षमा ट्राफिक कोन, डिभाइडर र टल्किने सङ्केतजस्ता सामग्री थपेर सुरक्षालाई प्रभावकारी बनाउने लक्ष्य रहेको कामपाले जनाएको छ ।...
तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्का

तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्का

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्कातेक्वान्दो प्रशिक्षक तथा पाँचौँ डान रोहिन्द्र विक्रम खड्काको अध्यक्षतामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको सिन्धुपाल्चोक जिल्ला समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष महेश्वर फुयाँलको उपस्थितिमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। चार वर्षे कार्यकालका लागि गठित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप तामाङ, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रोजिना कार्की चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा बासुदेव भुजेल, मन्दिरा पहरी, राजीव कार्की, सुजन श्रेष्ठ र सूर्य खड्का रहेका छन् । नवगठित समितिले जिल्लामा तेक्वान्दो खेलको संरचनात्मक विस्तार र गुणस्तरीय प्रशिक्षणमार्फत नयाँ गति दिन प्रतिबद्धता जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तेक्वान्दो मात्र नभई समग्र खेलकुदको...
चट्याङ लाग्दा गोठमा बाँधिएको भैसीको मृत्यु, मिटर बक्समा पनि क्षति

चट्याङ लाग्दा गोठमा बाँधिएको भैसीको मृत्यु, मिटर बक्समा पनि क्षति

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ पैरेस्थित एक घरमा चट्याङ पर्दा चौपायाको मृत्यु हुनुका साथै घरको बिजुली मिटर बक्समा समेत क्षति पुगेको छ । शुक्रबार राति करिब ८ः३० बजे सरीमाया नेपालीको गोठमा चट्याङ पर्दा गोठभित्र बाँधिएको ब्याउने भैसीको घटनास्थलमै मृत्यु भएको हो । सो चट्याङले घरमा जडान गरिएको विद्युत मिटर बक्समा समेत आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो ।नेपाली कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो । कांग्रेस संसदीय दलको रेकर्डअनुसार सो प्रस्ताव आव २०८२÷८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ । मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा दुईपटक सरकारमा रहेको कांग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाएपनि प्रभावकारी कार्...
पुर्ब राष्ट्रपती भण्डारी एक्सनमा आफुलाइ राजनीती गर्न कसैले रोक्न नसक्ने

पुर्ब राष्ट्रपती भण्डारी एक्सनमा आफुलाइ राजनीती गर्न कसैले रोक्न नसक्ने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
पुर्ब राष्ट पती बिद्यादेबी भण्डारीले आफु लाइ राजनीतीमा प्रबेश गर्न कसैले रोक्न नसक्ने बताउँनु भएको छ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी पुर्ब राष्ट्र्पतीको सदस्यता नवीकरण नगर्ने निर्णय गरे पछी पूर्वराष्ट्रपति विद्या भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्नु भएको हो । एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गर्दै भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट नरोकेको जिकिर स्पष्ट पार्नु भयो । आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौति दिँदै उक्त निर्णय अपरिपक्व र अवैध रहेको बबताउँनु भयो । राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्वाकाङ्क्षा र आशक्ति नरहेको बताउँनु हँुदै ‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको ...
साङ्गीतिक प्रस्तुतिका लागी गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतारमा 

साङ्गीतिक प्रस्तुतिका लागी गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतारमा 

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतार आई पुगेका छन् । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औँ राष्ट्रिय एकता महाधिवेशनमा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार पन्थी बिहीबार राती कतार आई पुगेका हुन । नेपालबाट आमन्त्रित अतिथि कलाकार पन्थीलाई भव्य स्वागत गर्नको गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेय,शनि कुमार ओली लगायत अन्य व्यक्तित्वहरू हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । आफ्नो प्रस्तुति दिन कतार पुगेका पन्थीले कार्यक्रममा  दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गर्नुभएको छ । दोहाको मुटुमा रहेको क्राउन प्लाजा होटेलको सभा हलमा दिउँसो १ बजे देखि सुचारु हुने कार्य तालिका रहेको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए एनसिसी कतारले कतारमा स्थाप...