मेलम्चीमा मालपोत सेवा विस्तार हुँदै
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को सुरूमा मालपोत कार्यालय स्थापना हुने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको जिल्ला स्थित सरोकारवालाहरुको बैठकले नेपाल सरकार भुमी ब्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयबाट मेलम्ची बजारमा कार्यालय स्थापना गर्ने र त्यस कार्यालयमा कार्य सम्पादन गर्नका लागी कार्यक्षेत्रमा पर्ने साबिक गाविस हालका पालिकावडाहरु तेकी पठाउँन चौतारा मालपोत कार्यालयलाई पठाइएको पत्रअनुसार बैठकबसी मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडाहरु र इन्द्रावती गाउँपालिकाको वडा नं. १, २, ३, ९ र १० बाहेकका ४, ५, ६, ७, ८, ११ र १२ मेलम्ची मालपोत कार्यालयमा सेवा पाउँने गरी निर्णय भई कार्यन्वयन गराउन सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापा, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान ता...
