सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को सुरूमा मालपोत कार्यालय स्थापना हुने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको जिल्ला स्थित सरोकारवालाहरुको बैठकले नेपाल सरकार भुमी ब्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयबाट मेलम्ची बजारमा कार्यालय स्थापना गर्ने र त्यस कार्यालयमा कार्य सम्पादन गर्नका लागी कार्यक्षेत्रमा पर्ने साबिक गाविस हालका पालिकावडाहरु तेकी पठाउँन चौतारा मालपोत कार्यालयलाई पठाइएको पत्रअनुसार बैठकबसी मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडाहरु र इन्द्रावती गाउँपालिकाको वडा नं. १, २, ३, ९ र १० बाहेकका ४, ५, ६, ७, ८, ११ र १२ मेलम्ची मालपोत कार्यालयमा सेवा पाउँने गरी निर्णय भई कार्यन्वयन गराउन सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापा, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङ, जिल्ला समन्वय उपप्रमुख पदमनाथ नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी, जिल्ला समन्वय प्रमुख प्रेम प्रसाद न्यौपाने, प्रहरी नायब उपरिक्षक, माधब राज खरेल, नापी कार्यालयका नापी अधिकृत गोपाल नारायण भुजेल नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुब दङ्गाल लगायतका सञ्चारकर्मीहरु तथा राजनीति दलका प्रतिनिधी, पालिका प्रतिनिधीहरुको उपस्थितीमा उक्त निर्णय भएको हो ।
बैठकमा मालपोत अधिकृत केशब प्रसाद रिजालले मन्त्रालयबाट आएको पत्र पढेर निर्णयका लागी प्रस्तुत गर्दै कार्यालय मेलम्ची बजारमा राखिने त्यस कार्यालयको लागी कार्याक्षेत्र तोक्नपर्ने भएकोले बैठकको आवश्यकता भएको बताउँनु भयो ।
बैठकको समापन गर्दै जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले त्यस क्षेत्रको नागरिकको सेवाका लागि पहल गरेर हाललाई हेलम्बु गाउँपालिका, पाँचपोखरी थाम्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको केही वडाहरुलाई पाइक पर्ने गरी मेलम्चीमा मालपोत कार्यालयको स्थापना गर्न पहल गर्नु भएकोमा बिशेष धन्यबाद दिनु हुँदै सरकारको उक्त निर्णयको स्वागत गर्नुभयो ।
