सम्पर्क

बिश्रान्ती मन्दिर आश्रमलाई धनकुटा सेवा समाज कतारको आर्थिक सहयोग

दर्शन सुनार/लोकप्रिय दैनिक कतार
शुद्ध सामाजिक भावनाका साथ कतारमा स्थापित धनकुटा सेवा समाज कतारले गृह जिल्लामा एक आश्रमलाई आर्थिक रकम सहयोग गरेको छ । जिल्लाको बेलहारा वडा नं. ९  मुलघाट तमोर नदी किनारमा स्थित “बिश्रान्ती मन्दिर“शान्ति आश्रमलाई ३५०००/– (अक्षरुपी पैतीस हजार रुपैया) आर्थिक रकम सहयोग गरेको हो ।

उक्त आर्थिक रकम संस्थाका पुर्व अध्यक्ष दुर्गा तामाङ,संरक्षक तथा पुर्व अध्यक्ष पदम कुमार घिमिरे, पुर्व महासचिव केशब राना मगर र पुर्व सचिवालय सदस्य सारुक सुन्दास आश्रममा पुगेर एक कार्यक्रमको आयोजना गर्दै सहयोग रकम हस्तान्तरण गरेका थिए । समाजका अध्यक्ष तिल बिक्रम मगर लोकप्रियकर्मी सगं सवांद गर्दै जिल्लामा रहेका बेसहारा बालबालिका,ज्येष्ठ नागरिक आमा वुवाहरुलाई पालनपोषण तथा लत्ता कपडाको लागी सहयोग पठाउने योजना आफूले संस्थाको नेतृत्व सम्हालेको दिन देखि नै आफनो पहिलो योजना रहेको र ढिलै भएपनी सानो रकम सहयोग पठाउन पाउदा आफुलाई खुसी मिलेको बताउनुभयो ।

मगरले जिल्लामा भईपरि आउने संस्थागत काम र कार्यमा सक्रिय भएर आश्रम परिसर सम्म पुगेर रकम हस्तान्तरण गर्न सहयोग गरेकोमा संस्थाका अग्रझहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । बिश्रान्ती मन्दिर ब्यवस्थापन समितिले रकमको अङ्क भन्दा पनि कतारमा रहेर समाज सेवा गर्ने, धर्म सेवा गर्ने सम्पुर्ण धनकुटा बासीको मन ठूलो रहेको बताउदै कतारमा सामाजिक भावना बोकेको धनकुटा सेवा समाज कतारका सम्पुर्ण पदाधिकारी तथा धनकुटा बासीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । २०४० सालमा स्थापित“ विश्रान्ति मन्दिर परिसरमा वृद्धाश्रम निर्माण गरि गरिब दुखी,बेसहारा ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई आश्रय दिई पालनपोषण गर्दै आएको छ ।