महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै
भक्तपुर चाँगुनारायण नगरपालिका – दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं चाँगुनारायण नगरापालिका वडा नम्वर १ को कार्यालय र दुवाकोट स्वास्थ्य चौकीसँगको समन्वयमा मनोहरा आधारभूत विद्यालय बेसी दुवाकोटमा स्वास्थ्य शिविर हुने भएको हो ।
विशेषज्ञ चिकित्सकहरूसहितको निःशुल्क स्वास्थ्य शिविर आगामी जेठ १८ गते शुक्रवारका दिन बिहान ९ः३० बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिनुभएको छ ।
शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान,यस्तै नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, ए...

