सम्पर्क

मैत्रीपूर्ण फुटबल खेलमा वित्तीय संस्थाका कर्मचारीको टिम विजयी

सिन्धुपाल्चोकमा जिल्लाको चौतारामा गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वित्तीय संस्थाका कर्मचारी टिमले जित हासिल गरेको छ ।
कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई २–० गोल अन्तरले हराउँदै वित्तीय कर्मचारीको टोली विजयी भएको हो । चौताराको टुँडिखेलमा मंगलवार भएको फाइनलमा स्थानीयतहका कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गर्नुभयो । पुरस्कार वितरण कार्यक्रम आयोजक संस्था कर्मचारी मिलन केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा स्थानिय तह, प्रदेश सरकार, संघीय सरकार, पत्रकार र बित्तिय संस्थाका कर्मचारी गरि ५ टोलीले सहभागी जनाएका थिए ।