मेलम्चीबाट रास्वपाको दबाव यात्रा सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । आईतबार पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै मेलम्ची खानेपानी आयोजनाको लागी दबाब यात्रा शुभारम्भ गर्नुभयो । घण्टी बजाएर कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले यहाँका समस्या समाधानका लागी संसदमा ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले यो उपस्थिति नयाँ पुस्ताको उपस्थिति मात्र नभएर आउने पुस्ताको लागी मार्गनिर्देश गर्ने योजना सहितको उपस्थिति रहेको बताउनुभयो । जनतालाई सुख दिने र नेतालाई जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउदै सभापति लामिछानेले भनेर हैन गरेर देखाउने भएकाले आफैं यो अभियानमा होमिएको प्रष्ट पार्नुभयो । हिजोको रातो क्रान्तिमा रगत बग्यो अब निलो क्रान्ति हरुमा पसिना बगाउने अभियानको सुरुवात भएको उहाँले बताउनुभयो । जनताले दिएको शक्ति लिएर जनतालाई नै पेल्ने दमन गर्ने राजनीतिक सं...
