सम्पर्क

Month: २०८० फाल्गुन १३ आईतवार

मेरो देश

साहित्य
राजेश दंगाल बनाउदै छन् यहाँ बेहाल मेरो देशलाई स्वर्ग भन्दा सुन्दर नेपाल मेरो देशलाई जाति धर्म संस्कृतीको उठाउँदै कुरा पारिदैछ टुक्रा यो बिशाल मेरो देशलाई बेचिसके हाम्रो बुद्ध गर्दै छन् अझै युद्ध बनाइ छाड्ने भए कंगाल मेरो देशलाई घर भित्रका सबै लुछाचुडीमा मस्त यहाँ बरिले फ्याक्दै छ्न जाल मेरो देशलाई नेपाल आमा रुदै छिन बिदेशीए सन्तान फर्क अब मिलेर समाल्न मेरो देशलाई ।...

अर्काे लोकप्रिय काम गर्दै मेलम्ची नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरबासीहरुको चाहाना अनुरुप बिकासका कामहरु गरेर लोकप्रियता कमाइ रहेको छ । यसरी लोकप्रियता कमाइ रहँदा सरकारको कार्यमुल्याङ्कनमा सिन्धुपाल्चोक जिल्लाको पहीलो र देसभरीको तेश्रो स्थानमा परेर लोकप्रियाता हासिल गरे लगत्तै अनधिकृत संरचना हटाउन शुरु गरेर अर्को लोकप्रियता काम गर्न शुरुगर्न लागेकोमा नगर बासी खुशी भएका छन । नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका–११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको छ ।नगरप्रमुख आइतमान तामाङले नगर पालिका सबैको हो । सावैजनकि सम्पती सबैको हो जो नगर प्रमुख भए पनी नियम कानुन मिचेर गरेको कामलाइ प्रोत्साहन दिन हुँदैन भन्दै आफुले ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको बताउँनु भयो । उँहाले मेलम्ची बजारमा स...

धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं – मन्त्री बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
 सिन्धुपाल्चोक/ १२ फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं भन्ने सन्देश व्यक्त गर्नुभएको छ । बाह्रबिसे नगरपालिकासहित विभिन्न संघसंस्थाकाे संयुक्त आयाेजनामा आज वडा नं. ३ खाेर्सानीबारीमा भएको २८६० ओैं डुक साेनाम ल्हाेछार कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले धर्म,संस्कृति लगायतका पर्वहरुले नेपाल र नेपालीलाई अक्षुण राख्दै एकताबद्ध बनाउन महत्त्वपूर्ण काम गरेको प्रष्ट पार्नुहुँदै एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हाे । "हाम्रोमा हरेक माैलिक चाडपर्व र संस्कृतिहरु छन्, हिन्दु, बाैद्ध सबै एकआपसमा राष्ट्रिय तथा स्थानीय चाडपर्वहरु मनाउने परम्परा रही आएकाे छ । हामीलाई एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे छ । त्यसकारण हामी सबै मिलेर हाम्रा धर्म, संस्...

सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिसस प्रमुख गौतम सडकमै आमरण अनशन

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक जिल्ला स्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम शुक्रबारदेखि आमरण अनशन बस्नुभएको छ । उहाँले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि शुक्रबार दिउँसो २ः३० बजेदेखि आमरण अनशन बस्नुभएको हो । गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ । उहाँले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताउनुभयो । “सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सडक निर्माण सुरु गरेर सक्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनशन बस्नेछु”, उहाँले भन्नुभयो । हाल केही हप्तादेखि उक्त सडक निर्माण ठप्प छ । गौतमले यसअघि सडक बिस्तारको काममा निर्माण कम्पनीले ढिलाई गरेप...

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय २ सय जरिवाना भएका इन्द्रावति गाउँपालिका–५ का ४४ वर्षिय राम कुमार आचार्य १७ महिनापछि पक्राउ परेको छ । त्यस्तै चोरी मुद्दामा २० हजार चार सय २३ रुपैया जरिवाना तोकिएको बलेफी गाउँपालिका–२ का ६८ वर्षिय गोबिन्द बहादुर भण्डारी २८ वर्ष पछि पक्राउ परेको प्रहरिले जनाएको छ । यसैगरि आगलागी मुद्दामा ३ वर्ष ११ महिना सजाय सुनाएका इन्द्रावति गाउँपालिका–१ का ४० वर्षिय सुकलाल तामाङलाई ११ वर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले ३ प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएकोमा कैद/जरिवाना सजायँ असुलका लागि अदालतले जिल्ला कारागार चौतारा चलान गरि...

सँधै नागरिकको साथमा प्रहरी रहेको महशुस हुने गरी काम गर्नेछु ः खड्का

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले सँधै नागरीकको साथमा प्रहरी रहेको महशुस हुनेगरी काम गर्ने र सँधैभरी शान्ती सुरक्षाका महशुस दिलाउँने गरी काम गर्ने आफ्नो पहिलो कर्तब्य भएको बताउँनु भएको छ । उहाँले आम नागरीकको सुरक्षाका लागि आफु २४ सै घण्टा नागरिकको साथमा रहेको महशुस हुने गरी काम गर्ने बताउँनु भयो । उहाँले कुनै पनी स्थानमा अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयले बिभिन्न प्रकारबाट पहल गरिरहेको र यदि भइ हाले तत्काल प्रहरी घटना स्थल पुगी दोषीलाई कार्वाहीको दयारामा ल्याउँने बताउँनु भयो । विशेष ब्यूरो राजनीतिक अन्वेषण शाखा नक्साल, काठमाडौंबाट सरुवा भई सिन्धुपाल्चोकको कमाण्डर सम्हाल्न आउँनु भएको प्रहरी उपरिक्षक खड्काले शुक्रबार सञ्चारकर्मीहरुसँग परिचयात्मक भेटघाटको कार्यक्रममा यस्तो बताउँनु भएको हो । सो अबसरमा जनतालाई सुरक्षाको अनुभूति गराउनु नै आफ्नो कर्...

१६गते इर्खुमा प्रतिमा–सालिक उद्धघाटन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ मा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको समुद्घाटन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा फागुन १६ गते बुधबार समुद्घाटन हुने भएको उद्धघाटन समारोहका मुल आयोजक समितीका संयोजक धन गोले तामाङले जानकारी दिनुभयो । नगरको प्रबेशद्धार इर्खु घुम्ती डाँडामा रहेको सालिकले सँस्कार सँस्कृतिलाई संरक्षण गर्दै पर्यटक भित्राउँने महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक समितीका संयोजक गोलेले बताउँनुभयो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तथा नेपाल तामाङ बोन्बो घेदुङका केन्द्रिय अध्यक्ष लाक्पा घ्याम्छो मोक्तान समेतको बिशेष उपस्थितीमा र स्थानिय निकायका जनप्रतिनिधि एवम् समासेव...

सिन्धुपाल्चोकमा मेलम्ची पहीलो भोटेकोशी दोश्रो

ब्रेकिङ न्युज १, समाचार
प्रदेशतथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा गरेको मूल्यांकन मा सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका सिन्धुपाल्चोकको पहीलो नगरपालिका देसभरीकै २९३ नगरपालिका मध्य तेश्रो स्थान मा परेको छ ।यसै गरी भोटेकोशी गाँउपालिका सिन्धुपाल्चोकको पहीलो गाउँपालिका र देस भरीकै ४६० गाँउपालिकाहरु मध्य दोश्रो परेको छ। यसै गरि पाँचपोखरी थाम्पाल गाउँपालिका जिल्लको दोश्रोमा परेको छ भने देस भरिको ४६०गाउँपालीका मध्य नवौ स्थानमा परेको छ ।असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको ...

ऐसेलुखर्क माध्यमिक विद्यालयमा बाल संरक्षण मेला सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक विद्यालयमा बाल संरक्षण मेला सम्पन्न भएको छ । बिहिबार ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट पैरवी संस्थाको आयोजना र ऐसेलुखर्क माध्यमिक विद्यालयको प्रविधिक सहयोगमा बाल संरक्षण मेला सम्पन्न भएको हो । ऐसेलुखर्क माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थिहरुले बालश्रम, बालबिबहा, मानव बेचबिखन, लैङ्गिक हिंसा जस्ता अपराध दुरुत्साहन तथा नेपालको कानुनी व्यवस्था र बालबालिकाका अधिकार सम्बन्धि जनचेतनामुलक सन्देश चित्र मार्फत स्टलमा प्रदर्शनीमा राखिएको थियो । स्टलमा प्रदर्शनीमा राखिएको जनचेतनामुलक सन्देश कार्यक्रमको प्रमुख अतिथि, शिक्षक लगायत विद्यार्थिहरुको १०/१० जनाको समूहले अवलोकन गरेको थियो । कार्यक्रको उद्घाटन गर्दै प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका प्रवक्त एवंम् ईन्द्रावती गाउँपालिका वड...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी इन्द्र राउत

ब्रेकिङ न्युज २, समाचार
चैत ९ र १० गते बाह्रबिसेमा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनमा पदाधिकारी र सदस्य पदका लागि आकांक्षीहरुले बिभिन्न माध्यमद्धारा आकांक्षा प्रकट गरिरहेका छन् । यस्तै क्रममा नयाँ पुस्तालाई संघको पदाधिकारी र सदस्यमा समेटिनु पर्ने आवाज उठिरहेको छ । यस अघिका कार्यसमितिमा नसमेटिएका तर ब्यापार ब्यबसायमा निरन्तर लागेर देश र समाजलाई समृद्ध बनाउने कार्यमा रहेका ब्यापारी ब्यबसायीलाई पदाधिकारी र सदस्य पदमा निर्वाचित गराउनु पर्ने आवाज बुलन्द भईरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आजीजन सदस्य भई संघ र जिल्लाभरका सबै खाले साना, मझौला, ठूला ब्यापारी ब्यबसायी, उद्योगीहरुका पक्षमा काम गर्दे आएका, उत्तरी सीमा नाकाहरुबाट सहजरुपमा आयात–निर्यातका वातावरण तयार हुनु पर्छ भन्ने बारे निरन्तर लाग्दै आएका युवा ब्यबसायी इन्द्र राउतले संघको उपाध्यक्षमा उम्मेदवारी दिने आकाँक्षा ब्यक्त गरेका छन्...