सम्पर्क

Month: २०८० पुष २० शुक्रबार

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यकः पुर्बराजा ज्ञानेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यक रहेको र्पुब राजा ज्ञानेन्द्र बिरबिक्रम शाहले बताउँनु भएको छ । भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देश चलाउन, देश बनाउन र देश बचाउन आफूलाई जनताले आह्वान गरिरहेको बताउँदै देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानुपरेको कारण देश सम्हाल्न जनताले आह्वान गरेका छन् भन्नु भयो ।( हामीलाइ प्राप्त बक्तक्ब्य हेर्न यँहा KingSambhodhanBhairawalyथिच्नुहोस)पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विगत र वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै आफु नेपालमा नै रहेको हरेक समय नेपाली दाजुभाइ तथा दिदी बहीनहरु सँगै रहेको बताउँनु भयो । ‘जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु,’ ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु ’ भन्दै आफू जनताको साथमै रहेको भन्दै कतै नगएको बताउ...

पैसा, समय र श्रम खर्चेर विदेशिनु बाध्यता

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, विचार
वैद्यनाथ पौडेल त्रिभुवन विमानस्थलको ‘नेपाल’ लेखिएको भित्तोमा आफन्तसँग फोटो खिचाउने हतारोमा हुनुहुन्छ २५ वर्षीय प्रदीप सुनुवार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका सुनुवार सात वर्ष दुबई बसेपछि दुई महिने छुट्टीमा नेपाल आउनु भएको हो । छुट्टी सकाएर फेरि दुबइ जान लाग्नुभएका सुनुवारले पहिले देशमै रहँदा पनि नेपाल प्रहरी, नेपाली सेना, ब्रिटिश लाहुरे, गैरसरकारी संस्था गरी थुप्रै ठाउँमा जागिरका लागि कोसिस नगर्नुभएको होइन । तर, जहाँ जता कोसिस गरे पनि जागिर मिलेन । उहाँ भन्नुहुन्छ, ‘त्यति चाहँदा चाहँदै पनि भएन । अनि लागियो विदेश ।’दुबइको सेनामा जागिरे उहाँलाई सात वर्षपछि फर्किँदा देशमा केही परिवर्तन भएको भने लाग्यो । केही विकास भएजस्तो लाग्यो । तर, पनि सेवा, सुविधा, कमाइ, सहज जीवनका कारण उहाँलाई अहिले विदेश नै ठीक लाग्न थालेको छ ।उहाँको अब तीन वर्षको करार अवधि बाँकी छ । त्यति समय त उहाँ दुबइ नै बस्...

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ । सिनियर डिभिजनल इन्जिनियर कुँवरले भन्नुभयो,“अबका बाँकी काम केही कठिन रहेको छ । जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ ।” उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनुभयो । सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम...

स्थानीय बिकासमा युवाको नेतृत्व आबश्यक ः समिर तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
नगरिकको समस्या समधान र स्थानीय बिकासकालागी हरेक स्थानमा युवाहरुको नेतृत्व हुन पर्ने बागमती प्रदेस सभा सदस्य कृष्ण कुमार तामाङ (समिर)ले बताउँनुभएको छ । उँहाले उक्त कुरा हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास समारोहमा बोल्दै बताउँनु भएको हो । तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताउँदै आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।उँहाले सबै धर्म, सस्कार आफ्नो लागी बराबरी भएको बताउँनु हुँदै आफ्नो पुर्खाले मानी आएको सस्कार र सस्कृतीको नियममा आफुले काम गरिरहेको बताउँनु हुँदै संस्कार र सस्कृतीको बिकास गर्दै समाज बिकासमा सबै लागी पर्नू पर्नै बताउँनु भयो । सो अबशरमा तामाङले हरेक कामका लागी युवा नेतृत्वको आवश्यकता रहेको हँुदा हेलम्बुबाटै अब युवा नेतृत्व उदाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा हेलम्बु गाउँपालिका वडा...

भवन सँगै सेवाग्रहीको काम राम्रो हुन पर्छः आइतमान तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सेवा दिने भवन भन्दा पनी सेवाग्रहीलाइ सेवा राम्रो दिन पर्नै बताउँनु भएको छ । उँहाले मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहिवार शिलान्यास गर्नु हँुदै यस्तो बताउँनु भएको हो । सेवा ग्रहीले पाउँने सबिधाका बारेमा कुनै पनी कमी कम्जोरी हुन नदीनका लागी व्यवस्थीत र कागजात सुरक्षितका लागी भवन पनी आबश्यकता अनुसार राम्रै चाहीने बताउँदै नागरिकको सुबिधका लागी मेलम्ची नगरपालिकाले हरेक कार्यक्रमहरु गरिरहेको बताउँनु भयो । उँहाले अहलिे नागरिकलाइ भाषण, आश्वशन होइन काम चाहीएको छ भन्नु भयो । उँहाले सुबिधा सम्पन्न भवन मात्र भए र हुँदैन त्यसबाट सेवाग्रहीले कती सेवा पाए र कती सेवाग्रहीको मन सन्तुष्टी रह्यो त्यसमा भर पर्ने बताउँदै मेलम्ची नगरपालिकाका कर्मचारी, जनप्रतिनीधीहरु सबैले नागरिकले पाउँने सेवा छिटो छरितो र जनमुखी भएकोमा आफुलाइ...

सन्तोषी आयल स्टोरले मेलम्चीको इज्जत बढायोः नगरप्रमुख तामाङ

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
स्थानीय स्तरमा सञ्चालन हुने उद्योगलाई मेलम्ची नगरपालिकाले प्राथमिकतामा राखेर हुन सक्ने र नियमले मिल्ने सम्म सहयोग गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । बुधबार मेलम्ची नगरपालिका वडा नं. ११ धितालबेशी स्थित नमुना सन्तोषी आयल स्टोर (पेट्रोल पम्प) को उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले उक्त क्षेत्र मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका, हेलम्बु लगाएतका गाउँपालिकाहरुका नागरिकलाई यो पम्प स्थापनाले धेरै सहयोग पुगेको बताउँदै पम्प सञ्चालकको लगनशिलताले सम्भव भएको बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथी तामाङले मेलम्चीमा आयल स्टोर सञ्चालनमा आएसँगै मेलम्ची नगरपालिकाको पहिचान र इज्जत बढेको बताउनुभयो । क्षेत्र नम्बर २ को केन्द्रमा सञ्चालित पेट्रोल पम्पले यहाँका नागरिकलाई सहजता हुने बताउँदै प्रमुख तामाङले लामो समयको मेहेनत र पहलपछि निर्माण भएको आयल स्टोरको ...

माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेसमा प्रवेश

राजनिती, समाचार
नेकपा माओवादी सहित विभिन्न पार्टी परित्याग गरि बलेफी गाउँपालिका वडा नं. ५ विन्जेलबाट १७ जना युवाहरु कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामाले पार्टीको साधारण सदस्य समेत वितरण गर्दै स्वागत गर्नुभयो । नवप्रवेशीहरुको प्रवेशले पार्टीमा थप उर्जा बढाएको सभापति लामाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समितीको कार्यालय चाबहिलमा आज भएको पार्टी प्रवेश कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली, कांग्रेस जिल्ला सदस्य सिके चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो ।...

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल

समाचार
काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् । केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिनुभयो । नगरपालिक...

चौतारामा मानव अधिकारको अवस्था विषयमा छलफल

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन ललितपुरकोे आयोजनामा सिन्धुपाल्चोक जिल्लाको मानव अधिकारको अवस्था विषयमा छलफल गरिएको छ । मंगलबार जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले मानव अधिकारका बारेमा कहिलेकाही आयोगले अनुसन्धान गर्दा वस्ताविक घटनाभन्दा फरक ढङ्गबाट नतिजा आउँदा निर्दोष ब्यक्ति पनि समस्यामा पर्ने हुदा आयोगले घटनाको विश्लेषण गर्दा थप अध्ययनमा गर्नुपर्ने बताउँनु भयो । उहाँले सबै उजुरीमा सत्यता नहुन पनी सक्छ, त्यसप्रती पनी हामिले गहिरो अनुसन्धान गरेर काम गर्न पर्नेमा जोड दिनुभयो । हरेक नागरिकले आफ्नो अधिकार खोज्दा अरुको अधिकारका बारेमा पनी ख्याल राख्न पर्ने समेत बताउँनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख बाल नरसिंह राणाले हामी नेपालको संविधानको पालना गर्ने, कानुनको पालना गर्ने र कानुन बिपरित काम गर्नेलाई ऐन नियम अनु...

भूमेश्वरी माविको ४९औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका – २ किउलमा रहेको भुमेश्वरी माध्यमिक विद्यालयको बार्षिकोत्सव, आजीवन सदस्य भेला तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । मंगलबार विद्यालयले विभिन्न कार्यक्रम गरि ४९औँ बार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा आफु सधैं सकारात्मक रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले प्राबिधिक शिक्षालाई गाउँपालिकाले प्राथमिकता राखेको बताउँदै राज्यलाई आवश्यक पर्ने जनशक्ति हेलम्बु गाउँपालिकाले उत्पादन गर्नेगरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । शेर्पाले पढ्ने कुरामा विद्यार्थीलाई कुनैपनि समस्या सिर्जना हुननहुने बताउनुभयो । उहाँले एस इ इ को तयारी गरिरहेका विद्यार्थीहरुबाट कुनैपनि शुल्क नलिन आग्रह गर्नुभयो । उहाँले शैक्षिक हिसाबले कुन स्कुल कुन स्थानमा छ भनेर गाउँपालिकाले...