सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरक्रिया मेलम्चीमा
समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आठ वटा सामुदायिक विपद व्यवस्थापन समिति र हेलम्बुको छ वटा विपद व्यवस्थापन गरि १४ वटा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष र पूर्व सूचना प्रणाली संयोजकहरूको उपस्थिति थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिका विपद शाखा प्रमुख सुजन दुलाले सामुदायिक विपद व्यवस्थापन समितिको काम कर्तव्य बारे जानकारी दिनुभएको थियो । त्यसैगरी हेलम्बु गाउँपालिका विपद शाखा प्रमुख हरि बहादुर श्रेष्ठले हेलम्बु भित्र विपद सम्बन्धी भए गरेका कार्य बारे प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रम संयोजक इच्छाराम सापकोटाले पूर्व सूचना प्रणाली मा भैरहेको विकास र परियोजनाले राखेको स्वचालित स्टेसन बारे समुदायमा आउने सूचना प्रणालीको बारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागी लाई तिन भागमा विभाजन गरि २०७८ साल...
