सम्पर्क

Month: २०८० आश्विन २७ शनिबार

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी स...

सुरक्षाको योजना साथ अगाी बढ्न नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चाडपर्वको बेला बजारमा चोरी हुने भएकाले बिशेष सुरक्षा योजना बनाएर लाग्न मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सुरक्षा कर्मीहरु सँग अनुरोध गर्नु भएको छ । उहाँले इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको ६८ औँ प्रहरी दिवस अवसरमा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।  उँहाले २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय प्रहरी रहेकाले प्रहरी प्रती सधै सम्मान गर्नुपर्ने बताउँदै चोरीका घटनाहरु बढ्दै गएको को ले त्यस तर्फ तर्फ सबैको धएान जान जरुरी रहेको बताउँनु भयो । उँहाले उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न सबै नागरिकलाइ आग्रह समेत गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीले ६८ औँ प्रहरी दिवसका अवसरमा...

महेन्द्रोदय कपको उपाधि आयोजकलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ६ पाटीडाँडामा सम्पन्न महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रोदय माविले नै जितेको छ भने उप बिजेता जाल्पा मावि कोठे भएको छ । असोज २५ गते बिहिवारबाट सुरू भएको खेलमा सुनकोसीका १२ मावि विद्यालयहरू मध्य ८ वटाले प्रतियोगितामा भाग लिएका थिए । शनिबार भलिबल प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर पाख्रिनले गर्नु भएको थियो । प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, विशेष अथिति सुनकोसी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेत, सुनकोसी –७ का अध्यक्ष ईश्वर तिमल्सिना, महेन्द्रोदय माविका प्रअ कृष्ण प्रसाद दंगाल, सुनकोसी –६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, चन्दा दाताहरू शिक्षकहरू, विद्यार्थी अभिभावक लगाएतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्र...

महभीरमा बन्यो विद्यालय, स्थानीय खुशी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–३ महभिरमा विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । नगरकै विकट र दुर्गम तामाङ समुदायको मात्र बसोबास रहेको महभीर गाउँमा श्री आदर्श आधारभूत विद्यालय निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । प्राथमिक तहको पढाइकै लागि पनि डेढ घण्टा हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने समस्याबाट गाउँका केटाकेटीले त्यही समयदेखि मुक्ति पाएका छन् । स्कुल अभावकै कारण पढ्नबाट वञ्चित विद्यार्थीले आफ्नै गाउँमा पढ्ने अवसर पाएकोमा खुशी लागेको स्थानीय बासिन्दा बताउनुहुन्छ । नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पोडे तामाङले जानकारी दिनुभयो । शुक्रबार नयाँ भवनको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा र दातृसंस्था नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर...

आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

ब्रेकिङ न्युज २, समाचार
काभे्रपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा वंशवदा कौण्डिन्न्यायनीले बताउनुभयो । उहाँका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ । उहाँका अनुसार आव २०७९÷८० मा ३१ हजार सात सय ४२ जनाले बहिरङ्...

“६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले “६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को नेतृत्वममा बिहीबार जिल्लाको दरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थितमा रहेको हजार सिँढी वरपर र चौतारा अस्पताल आसपासका स्थानहरुमा सरसफाई कार्यक्रम गरिएका हो । यसै गरी बिहीबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को प्रमुख अतिथ्यता प्रहरी कर्मचारीहरु बिच टेवल टेनिस खेल भएको छ । (फोटो .जिप्रका सामाजकि सञ्जालबाटंं)...

२४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको छु , मन्त्री दुलाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बताउँनु भएको छ । उँहाले उक्त कुरा ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । ऐसेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेकोमा आफुलाइ खुशी लागेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको बताउनुभयो । आफ्नो कर्म थलोको सेवा गर्न छोडेर बिदेश गएर कहिल्यै देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नू पर्ने उहाँको भनाई थियो । विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै मन्त्री दुलालल...

५दिने साबुन बनाउँने तालिम मेलम्चीमा सम्पन्न

बिजनेस, राजनिती, विचार, समाचार
झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले जुन उदेश्यले तालिममा सहभागी हुनुभयो त्यो उदेश्यलाई पच्छ्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानी र ५ दिनको अमुल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नुभयो । शर्माले बजारीकरणका लागी नगरपालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जिवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिम लिइसकेपछि सिपलाइ निरन्तरता दिन आग्रह गर...

वडा वस्ती स्तरीय“ फुटबलमा निवुगाउँ बस्ती बाल समुह पहीलो

खेलकुद, जिबनशैली, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न. २ को आयोजनामा “ वडा वस्ती स्तरीय“ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सन्जालकी अध्यक्ष दीपा सुन्दासको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिका वडा न.२ का वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडा र अतिथिहरूमा मेलम्ची वडा न २ का सम्पूर्ण जनप्रतिनिधिहरू , श्री जाल्पादेवी माध्यमिक विद्यालयका प्र अ हरिहर आचार्य , सम्पूर्ण पार्टीका पार्टी प्रतिनिधिहरू , टोल विकासका अध्यक्षहरू , विद्यालयका विव्यस अध्यक्षहरू , वडा न.२ मेलमिलाप सयोजक हर्क बहादुर तामाङ , ज्येष्ठ नागरिक मन्चका अध्यक्ष पदमनिधी खतिवडा हुनुहुन्थ्यो । वडालाइ बालमैत्री बनाउने विशेष उद्देश्यका साथ यी कार्यक्रमहरू आयोजना गरिएको हो । वडाले बालउद्यान को लागि पनि बजेट निर्धारण गरेर यो बजेटमा समावेश गरेको छ । फुटबल प्रतियोगिता मा प्रथम निवुगाउँ बस्ती बाल स...

त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख सहित स्वास्थकर्मीहरु सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बार्हबिसे नेपाल स्वास्थकर्मी युनियन बागमती प्रदेश कार्यसमितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार काठमाडौको टेकुमा सम्पन्न भएको छ। नेपाल स्वास्थकर्मी युनियनले बिजयादशमी ,दिपावली ,नेपाल सम्बत ,छठ तथा इद पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बागमती प्रदेशका स्वस्थकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरेको हो।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरे बापत प्रदेशका विभिन्न स्वास्थकर्मीहरु सम्मानित भएका छन। सिन्धुपाल्चोकको उत्कृष्ट कार्य सम्पादन गरे बापत उत्कृष्ट कर्मचारीको सम्मान पत्र प्राप्त गर्नेमा मेलम्ची नगर अस्पतालका ज्ञानेन्द्र सिग्देल , त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख चन्द्रनारायण साह र बार्हबिसे नगरपालिका बाट राज कुमार पौडेल सम्मानित हुनुभएको छ।यस अघि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समिक...