सम्पर्क

Month: २०८० जेष्ठ २६ शुक्रबार

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै मेलम्ची नगर

ब्रेकिङ न्युज १, विचार, समाचार
  गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको छ । मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताउनुभएको हो । उहाँले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिनुभयो । संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने...

राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्ने ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् । बिहिबार निरिक्षणको क्रममा जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दावी गर्नुभयो । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरिक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरिक्षणमा निस्कीनुभएको हो । हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिनुभएको थियो । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी ग...

जनताको निशुल्क उपचार गर्न रेयूकाईसँग सुनकोसीको सम्झौता

समाचार
 कुमार बस्नेत (अधिराज) सुनकोशी गाउँपालिका र रेयूकाई यईको मासुनागा आखाँ अस्पतालबीच सम्झौता भएको छ । सुनकोशी गाउँपालिका भित्रका मोतिविन्दु रोगको बिरामीहरुले गाउँपालिकाको सिफारिसमा निःशुल्क शल्यक्रिया उपचार गर्ने गराउने गरि सम्झौता गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभएको छ । विहिबार पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना , उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल साथै, रेयूकाई प्रतिनिधि बिच सम्झौता भएको छ । त्यस्तै गाउँपालिका भित्रका सबै सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि आँखा सम्बन्धि एक दिने जानकारीमुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पनि गाँउपालिका भित्रीका स्वास्थ क्षेत्रका कार्रत कर्मचारीलाई १ दिने तालिम दिएको थियो । सुनकोसी १ मा रहेको एक एक पाईला अस्पताल मार्फत बिरामीको परिक्षण गराई रहने र आवश्यक सबै वडा वड...

कृषिमा आत्मनिर्भर बनाउने योजनामा छौँ– मेयर सापकोटा

कृषि, समाचार
निर्मल बस्नेत चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेमा करिब १६ करोडमा निर्माण हुन लागेको चिस्यान केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख (मेयर) कृष्णप्रसाद सापकोटा (देशबन्धु) ले बहुसंख्यक मानिसहरु कृषिमा आसृत रहेकोले कृषिमा आत्मनिर्भर बनाउने योजनामा नगरपालिकाले योजना निर्माण गरिरहेको बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ४ कुबिण्डेकमा निर्माण हुदै गरेको चिस्यान केन्द्रको भवनको सिलान्यास गर्दै नगरप्रमुख सापकोटाले नगरको गौरबको योजनाको रुपमा अघि सरिएको तर्क गर्नुभएको छ । उहाँका अनुसार चौतारा,बलेफी र जुगल गाउपालिको कृषिजन्य उत्पादनलाई भण्डारण गरि उपयोग गर्न सकिने चिस्यान केन्द्रको निर्माणका लागि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र सांसद माधब सापकोटा सुवोधको समेत परिकल्पना भित्रको योजना रहेको बताउनुभयो । उहाँले नगरले अघि सारेको गौरबको योजनाहरुमध्ये चिस्यान केन्द्र पनि एक भएको ट...

मेलम्चीमा बेलिब्रिज बन्ने, स्थानीयबासी हर्षित

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । गत २०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको स्थानीयले बताउनुभएका छन् । बुधबार नेपाली सेनाको प्राविधिक टोलिले प्रारम्भीक अध्ययन गरेको छ । चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो । सांसद तामाङले अब बेलिब्रिज निमार्ण प्रक्रिया तत्काल अगाडी बढ्ने बताउनुभयो । यस भेगको समस्यालाई मध्यनजर गर्दै विगत धेरै लामो समयदेखिको प्रयास अब सफल हुन लागेको उहा...
ह्योल्मोको पहुँच अमेरिकादेखी यूरोपसम्म

ह्योल्मोको पहुँच अमेरिकादेखी यूरोपसम्म

ब्रेकिङ न्युज १, समाचार
धेरैलाई खाडीमुलुकको यात्रा सपना बनिरहँदा ह्योल्मो समुदायलाई अमेरिका र यूरोप पानी पँधेरो बनेको छ । रोजगारीको खोजीमा सुन्दर पर्यटकीय गाउँ हेलम्बूबाट विदेशिएकामध्ये झण्डै आधा अमेरिका , यूरोप, कोरिया , जापानलगायत विकसित मुलुकमा कार्यरत् छन् । स्थानिय शिक्षक तोया गौतमले गाउँबाट ६ सयभन्दा बढी युवायुवती विदेशमा रहेको बताउनुभयो । करिब ५० प्रतिशत ह्णेल्मो अमेरिका , यूरोपलगायत विकसित मुलुकमा कार्यरत रहेको तिन दशकदेखी त्यहाँ कार्यरत गौतमले बताउनुभयो । ह्ेलम्बू चर्चित पर्यटकीय गाउँ हो । लाङटाङ पदयात्राको मुख्य आकर्षण हेलम्बूमा धेरै अमेरिकी र यूरोपेली आउने भएकाले उनीहरुकै सँगत र बसउठको प्रभाव र आकर्षणले ह्योल्मोले अमेरिका र यूरोपका मुलुकमा सहज पहुँच कायम राखेमा गौतमको ठम्याई छ । सुरुमा पुगेकाले आफन्त दर इष्टमित्र तान्दै जाँदा साढे ३ सय हाराहारीमा ह्योल्मो युवायुवतीको रोजगारीको पहिलो गन्तब्य अमेरिका ...

नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं.२ प्रदेस सभा क को प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको बिपि समृति भवन चौतारामा प्रदेस सभा क का सभापति केशब राज गिरिको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेताहरुले कार्यकर्ताहरुको मनोभावना अनुसार काम गर्न पर्ने धारणा राखेका थिए । सहभागीहरुले कार्यकर्ताहरु पनि अनुशासित ढङ्गबाट सर्बसाधरण नागरिकको समस्यलाई हेरेर उनिहरुको सहयोगमा लाग्न पर्ने बताउनुभएको छ । नेपाली काङग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला पाटि उप सभापति टङ्क बहादुर कार्कीको विशेष अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले ...

सहकारी संंस्थाका पदाधिकारीहरुको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरपालिका भित्र रहेका सहकारी संंस्थाका पदाधिकारीहरुको लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम उपस्थित पदाधिकारीहरुले सहकारी व्यवस्थापनमा केही कमी कम्जोरी रहेको र उक्त कमी कम्जोरीलाई सुधार गर्दै जनमुखी हुनमा नगरबाट पनि सहयोग हूनुपर्ने बताउनुभएको छ । सहकारी संस्थाका पादाधिकारीहरुका तर्फंबाट बोल्दै पुर्ब वडाअध्यक्ष नरमान श्रेष्ठले सहकारी संस्थाहको मुख्य समस्या भनेको घर भाडा र कर्मचारी परिचालनमा भएकाले यस समस्याको समाधानका लागि नगरपालिकाले हरेक सहकारीलाई भवन निर्माणमा सहयोग गर्नुपर्ने बताउँदै सहकारी विकासका लागि समय समयमा यस्ता कार्यक्रमहरु गरिरहनु पर्ने बताउनु भयो । कार्यक्रममा नगर सहकारी शाखाका शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेलले सहकारीताका माध्ययमबाट गरिएका काम...

विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने भएको छ । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताउँनु भएको हो । सो अबशरमा मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिनु भएको हो । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उहाँले बताउँनु भयो । मन्त्री बस्नेतले भने,‘१० शैया विपन्नलाई निःशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ । नदिएको फेला परे कारवाही गर्छौ । आ...

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।” आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणालीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउ...