सम्पर्क

कृषिमा आत्मनिर्भर बनाउने योजनामा छौँ– मेयर सापकोटा

निर्मल बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेमा करिब १६ करोडमा निर्माण हुन लागेको चिस्यान केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख (मेयर) कृष्णप्रसाद सापकोटा (देशबन्धु) ले बहुसंख्यक मानिसहरु कृषिमा आसृत रहेकोले कृषिमा आत्मनिर्भर बनाउने योजनामा नगरपालिकाले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ४ कुबिण्डेकमा निर्माण हुदै गरेको चिस्यान केन्द्रको भवनको सिलान्यास गर्दै नगरप्रमुख सापकोटाले नगरको गौरबको योजनाको रुपमा अघि सरिएको तर्क गर्नुभएको छ । उहाँका अनुसार चौतारा,बलेफी र जुगल गाउपालिको कृषिजन्य उत्पादनलाई भण्डारण गरि उपयोग गर्न सकिने चिस्यान केन्द्रको निर्माणका लागि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र सांसद माधब सापकोटा सुवोधको समेत परिकल्पना भित्रको योजना रहेको बताउनुभयो ।
उहाँले नगरले अघि सारेको गौरबको योजनाहरुमध्ये चिस्यान केन्द्र पनि एक भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ लामो बिचार मन्थनपछि यो योजजा निर्माण भएको हो । यसलाई कार्यनयन गर्ने सन्दर्भमा सम्वन्धित पक्ष र सरोकारवालाहरुको मूख्य जिम्मेवारी र दायित्व रहने बताउनु भएका छन् ।
नगरप्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाको गौरवको योजनामा हामीले समाबेश गरेका छौ । आगामी दिनमा संघ र प्रदेश सरकारमा बाँकी काम पुराको लागि नगरले सिफारिस गरि पठाएको तर्क गर्नुभएका छन् । उहाँका अनुसार हाल चौतारा साँगाचोकगढी नगरपाालिकाले छुट्टयाइएको २ करोड ५० लाख रकममा नगरपालिकाले गरेको ठेक्का आह्वानमा २ करोड २ लाख २६ हजार ७०९ रुपैया ३९ पैसामा मालिकादेबी बिल्डर्स प्रा.लि. ले पाएको हो । उक्त कम्पनीले २०८० बैशाख ३० मा ठेक्का सम्झौता गरि कार्य प्रारम्भ गरि २०८० माघ ३० मा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।
चिस्यान केन्द्र निर्माण पछि चौतारा बलेफी र जुगलका कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको भण्डारण तथा बिउको सुरक्षण गर्न मद्दत पुग्नेछ ।
सिलान्यास कार्यक्रम कुबिण्डे दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा नगरपालिका इन्जिनियर बिकास श्रेष्ठ , कृषि तथा रोजगार शाखा प्रमुख चिरञ्जीवी कट्टेल, निर्माण व्यवसायी टंकप्रसाद दुलाल, जग्गादाता, समाजसेवी र स्थानीय कृषि पेशामा आवद्ध स्थानीय उत्पादक तथा उपभोक्ताहरुको सहभागीता रहेको थियो ।