सम्पर्क

जनताको निशुल्क उपचार गर्न रेयूकाईसँग सुनकोसीको सम्झौता

 कुमार बस्नेत (अधिराज)
सुनकोशी गाउँपालिका र रेयूकाई यईको मासुनागा आखाँ अस्पतालबीच सम्झौता भएको छ । सुनकोशी गाउँपालिका भित्रका मोतिविन्दु रोगको बिरामीहरुले गाउँपालिकाको सिफारिसमा निःशुल्क शल्यक्रिया उपचार गर्ने गराउने गरि सम्झौता गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभएको छ । विहिबार पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना , उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल साथै, रेयूकाई प्रतिनिधि बिच सम्झौता भएको छ । त्यस्तै गाउँपालिका भित्रका सबै सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि आँखा सम्बन्धि एक दिने जानकारीमुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पनि गाँउपालिका भित्रीका स्वास्थ क्षेत्रका कार्रत कर्मचारीलाई १ दिने तालिम दिएको थियो ।
सुनकोसी १ मा रहेको एक एक पाईला अस्पताल मार्फत बिरामीको परिक्षण गराई रहने र आवश्यक सबै वडा वडामा सिविर संचालन गरि निःशुल्क उपचार गरिने प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनु भयो ।