लघुबित्त बित्तीय संस्थाकोे बित्तीय साक्षरता कार्यक्रम भक्तपुरको ताथलीमा
ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय ताथलीले भक्तपुर चोर्चा ७ मा अबस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारीको सभाहलमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि ताथलि शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सप्पन्न गरेको ताथली शाखाका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिनु भयो । उँहाका अनुसार मङ्गलबार चागुनारायण न.पा . ९ स्थित उक्त लघुबित्तले सिपाडोल,दुवाकोट,चागुनारायण,टुकुचा , नाला देखि नगरकोट सम्मका ४७ वटा केन्द्र अन्तर्गतका ७० जना आफ्नो कारोवारमा आवद्ध सदस्य तथा सदस्यहरुको परिवारलाई बित्तीय साक्षरता दिइएको बताउनुभयो । बित्तिय साक्षरता के हो, यसको आवस्यकता किन छ,बचत कसरी गर्ने , पारिवारिक बजेट भनेको के हो,कसरी पारिवारिक बजेट बनाउने , कर्जा,बिमा,तथा अहिलेको डिजिटल प्राविधिको बारेमा आवश्यक ज्ञानको लागि प्रशिक्षक संस्थाक...
