बाह्रबिसेमा एक युवक मृत फेला
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका बाह्रबिसे बजारका एक युवक आफ्नै घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार मृत अबस्थामा फेला परेका युवा १९ वर्षका नवीन शाक्य रहेका छन् । मृतक शाक्यको छातीमा सिउरिएको पत्रको विवरण हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
‘पत्रमा उल्लेख गरिएका कुरा हेर्दा सुसाइड नोटजस्तो देखिन्छ, आत्महत्या गरेको हुन सक्ने सुरुआती अनुमान गरेका छौँ, पोस्टमार्टमपछि थप विवरण खुल्ने प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिनुभयो । मृतक न्यौपानेको ४६ वर्षीय उनका पिता आइतराजको घरको भ¥याङबाट लडेर मृत्यु भएको थियो ।...
