सम्पर्क

अन्तिम चरणमा जेष्ठ नागरिक क्लिनिक कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिका नगर स्वास्थ शाखाले सञ्चालन गरेको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम प्रभावकारीसँगै अन्तिम चरणमा पुगेको छ । मंगलबार नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले वडा नम्बर – ९
कदमबासमा निशुल्क स्वास्थ्य परीक्षण उद्घाटन गरि कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष बिमल श्रेष्ठका अनुसार कदमबासमा जम्मा २५० जनाले उक्त सेवा लिएका छन । जम्मा विरामी संख्या – २५० जना रहेकोमा आँखा परीक्षण संख्या – २०७ जना,जसमा मोतियाविन्दु भएको –४ जना,रक्त परीक्षण गरिएको –२३५ जना,जसमा सुगर बढेको – ९ जना,क्षयरोगको शंकास्पद – २ जना,गर्भवती महिलाको भिडियो एक्सरे– ९ जनाउच्च रक्त चाप भएको –२६ जनारहेको श्रेक्ष्ठले जानकारी दिनु भयो । उक्त कार्यक्रममा जनप्रतिनिधि , डाक्टर, स्वास्थ्यकर्मी चौतारा आँखा केन्द्रको समुह, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू, लगाएतको उपस्थितीमा स्वास्थ्य परिक्षण गरिएको हो । यसैगरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम वडा नम्बर २ र ३ बतासेमा मिति माघ १६ गते निशुल्क स्वास्थ्य परीक्षण भएका स्वास्थ्य शाखाका शिब पुरीले जानकारी दिनुभयो । उँहाका अनुसार जम्मा विरामी संख्या २२४ जना रहनु भएको थियो भने त्यसमा आँखा परीक्षण संख्या ९५ जना जसमा मोतियाविन्दु भएको १ जना,रक्त परीक्षण गरिएको १८४ जना,जसमा सुगर बढेको १४ जना,क्षयरोगको शंकास्पद – २ जना,गर्भवती महिलाको भिडियो एक्सरे १२ जना २ वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिएको–२५ जनाकुपोषित बालबालिका २ जना रहनु भएको थियो भने १८ गते पिपलडाँडामा हुने भएको छ भने १९ गते चौतारामा हुने समेत पुरीले जानकारी दिनुभयो ।