सम्पर्क

Month: २०७९ मंसिर २० मंगलवार

सुनकोकोशीले मनायो स्वयमसेविका दिवश

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
  ’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सुनकोसी गाँउपालिकामा पनी बिशेष कार्यक्रम आयोजना गरिएको छ सुनकोसी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष कान्छिमाया लामाको बिशेष अतिथ्यतामा भएको थियो । वडा अध्यक्षहरु, ,स्वास्थ्यकर्मी,हरुको उपस्थितीमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष तिमल्सिनाले स्वास्थ्य सामग्री,स्ट्रेचर लगायत सबै ठाँउमा सहज पुर्याउन प्रयत्नभै रहेको बताउनुभयो । उहाँले घरमै सुत्केरीहुने दरलाई न्यूनिकरणका लागिपनि पालिकाले काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामाले स्वास्थ्य विमा निशुल्क गराउन पहल गर्...

बिभीन्न कार्यक्रम गरी भोटेकोशीले मनायो स्वयमसेविका दिवश

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले पनी यस बर्षको १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबशरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपलिका अध्यक्ष श्री पासाङ नु्र्पु शेर्पा द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यको उच्च मूल्याकंन गर्दै कदर पत्र समेत दिनु भएको थियो । उँहाले समुदायमा सबै भन्दा पहीले पुगेर समुदायको समस्या सँग जुध्नका लागी पुलको भुमिका निर्वाह गर्ने यो समुहले गरेका हरेक काम प्रशंसनिय रहेको बताउँदै पालिकाका हरेक नागरिकको स्वास्थ्य स्थिती मात्र होइन उनीहरुका हरेक समस्या महीला स्वयम सेवीकालाइ बढी थाहा हुने हुँदा समस्या समधानमा सहयोग पुगेको ...

नवलपुरमा आँखा अस्पताल सँचालनमा आउने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा आँखा अस्पताल सँचालनमा आउने भएको छ । द फ्रिड होल्डर्स फाउन्डेसनको आर्थिक सहयोगमा तिलगंगा आखा प्रतिष्ठान मार्फत उक्त आँखा अस्पताल सँचालन हुन लागेको हो । जिल्लाका प्रमुख बजार मेलम्ची , बाह्रविसेमा समेत यस अघि ग्रामीण आँखा अस्पताल सेवा प्रारम्भ गरिसकेको प्रतिष्ठानले अबको केहि दिनमा इन्द्रावतीको नवलपुर बाट समेत ग्रामीण आँखा अस्पताल नियमित संचालन गर्ने कार्यक्रम रहेको तिलगंगा आखा प्रतिष्ठानका ईन्चार्ज नविन राजवंशीले जानकारी दिनुभयो । आगामी दिनमा उपचार केन्द्रको स्तरोन्नति गर्दै लाने र यस क्षेत्रमा रहेका हरेक प्रकारका आँखा रोगीलाई सुविधा दिने उद्देश्यले ग्रामीण आँखा अस्पताल स्थापना गरीन लागेको राजवंशीको भनाई छ ।...

नेत्रज्योती कृषी सहकारीद्धारा मल वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं. १४ मा कृषकहरुका लागी आबश्यक पर्ने रासायनिक मल बितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाबाट जम्मा ५ बोरा मात्र मल दिन कृषि सामग्री कम्पनी धुलीखेललाई सिफारिस गरेपनी उक्त मल नपाएपछी साल्ट ट्रेडीङ्ग कर्पोरेशन बनेपाबाट सिमति मल ल्याएर गाँउमा दामासाही बाडीएको नेत्रज्योती कृषी सहकारी संस्थाका जयराम नेपालले जानकारी दिनुभयो । उँहाका अनुसार मलको माग २००० बोरा हुन्छ आउँछ २० बोरा अनी कसलाई दिने कसलाई नदीने समस्या परेको छ । तर पनी हरेक ब्यक्तीलाई हिउदको सिजनमा लगाउँने आलु र गहुका लागी पाँच किलो भने पनी दिएको छ । नेत्रज्योेती कृषी सहकारी संस्थाका कृष्ण बहादुर नेपालले बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालीकाले समयमा मल उपलब्ध गराउँनका लागी मल ल्याउन इजाजत लिएका सहकारीहरुलाई घुम्ती कोषबाट रकम दिइएको थियो । यसरी रकम दिने र मल भने कम दिने हुँदा ...

वक्तित्वकलामा प्रमिला प्रथम

समाचार
सिन्धुपाल्चोक चौतारा बहुमुखी क्याम्पसमा र सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (CDECF) को संयुक्त आयोजनामा विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गतालाई सम्मान मानताको पहिचान विषयक वक्तत्वकला प्रतियोगिता गरिएको छ । आईतबार भएको प्रतियोगितामा चौतारा बहुमुखी क्याम्पसको प्रमिला विक प्रथम, रिया खत्री द्वितीय र कोपिला श्रेष्ठ तृतीय भएका छन् । सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (ऋम्भ्ऋँ) को सहयोगमा क्याम्पसले ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित प्रतियोगितामा शिक्षक विद्यार्थिहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई (CDECF) का कार्यक्रम संयोजक र सहायक क्याम्पस प्रमुख जस्मीन लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।...

वैंकिङ कसूरका फरार अपराधी पक्राउ

समाचार
बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी  पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय सरोज कामी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक चौताराबाट खटिएको टोलीले कामीलाई काठमाण्डा मनोहरा नगरपालिका वडा नं.७ मुलपानी स्थितबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत पाटनको १० माघ २०७७ को गतेको फैसलाले वैकिङ कसूर मुद्दामा कामीलाई कैद ७ दिन कैद सजाय र जरिवाना रु ४,००,०००।– (चार लाख) रुपैयाँ जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेका कामीलाई जिल्ला अदालत चौतारामा पेस गरेको र अदालतले निजलाई लागेको कैद ÷ जरिवाना सजाँय असुलका शुक्रबार जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

स्थानीय सरकारको साझेदारीमा काम गर्ने वन कार्यालयको निर्णय

ब्रेकिङ न्युज २, समाचार
 जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाहरुबिच डिभिजन बन कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको छ । बैठकमा बन्यजन्तु बँदेल र बाँदरबाट हुने गरेको क्षती का बारेमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयले मुख्य प्रबेस पाएको थियो । बैठकले स्थानिय तहले डिभिजन वन कार्यालयसँग आफ्नो मिल्दोजुल्दो कार्यक्रम भए सञ्चालन गर्न चाहेमा पहिलो प्राथमिकता दिई साझेदारीमा ६०÷ ४० को सहभागीतामा कार्य गर्ने गराउने समेत निर्णय गरेको छ । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भएको बैठकमा बन समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा सबअ भक्त बहादुर श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । डिभिजन बन अधिकृत समन्वय समितिका सदस्य सचिब पदम राज नेपालले स्थानिय स्तरमा गरेका काम कार्बाहिका बारेमा सामुदाय बन कार्यलयहरुले स्थानिय सरकारलाई जानकारि गरा...

आलुले दिदैछ किसानलाई फाईदा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानको निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम भएको छ । अन्य खेतीको तुलनामा आलु खेतीबाट बढी फाईदा हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका छन् । जिल्लाको मध्यभागमा पर्ने व्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलु खेतीले हरियालि भएका छन् । आलु खेती लगाएर यश क्षेत्रका किसानले वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानिय किसान रविन्द्र खड्का बताउनुहुन्छ । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद, वर्षात दुवै सिजनमा पानी लाग्ने नौबिसे फाँटमा धान खेति गर्दा मुस्किलले चार÷ पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा ८०÷९० हजार आम्दानी गर्दै आएको बताउनुहुन्छ । आलुखेतीमा राम्रो आम्दानी भएपछी बतासे रानिटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आईरहेको र यसपाला...

कैदीबन्दीको एच आई भी परीक्षण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
३५ औँ विश्व एड्स दिवस मा सिन्धुपाल्चोकका कैदीबन्दीको एच आई भी परीक्षण गरिएको छ । । विहिबार विश्व एड्स दिवसको अवसरमा चौतारामा रहेका ७१ कैदीबन्दीहरूको परीक्षण गरिएको छ । । जिल्ला स्वास्थ्य र जिल्ला कारागार कार्यालयको संयुक्त आयोजनामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ वा कोही कसैलाई पनि एच आई भीको संङ्कमण नरहेको स्वास्थ्य कार्यालय चौताराका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । बिहिबार नै आयोजित अन्तरक्रिया कार्यक्रममा चौतारा अस्पतालका प्रमुख डाक्टर त्रिभूवनचन्द्र झाले एच आई भीको उपचार एक मात्र भएपनि संक्रमित वा जोखिममा रहेकाको बचाउका अनेकन उपाय रहेकोले परीक्षण, उपचार र निदानमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।...

भाषण होईन विकासको योजना लिएर गाउँ आउँछौः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
हामि भाषण गर्ने मात्र होईन काम गरेर देखाउने भएकाले वडावडामा जाँदा मतदाताको माग लाई सम्बोधन हुने खालका साना ठुला काम लिएर जाने क्षेत्र नं. २ बाट नवनिर्वाचित मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । यस पटकको निर्वाचनले नेपाली कांग्रेस मात्र होईन सबै सबै राजनिति दलहरुलाई नागरिकको समस्याप्रति बढी चासो दिन निर्देशन गरेको बताउँनु भएको छ । उँहाले बिकासका हरेक काममा जनतासँग रहेर दुख पर्दा साथमा रहन सके मात्र राजनेता हुने मौका मिल्ने बताउँदै बस्नेतले सिन्धुपाल्चोकको बिकासका लागि सबै मिलेर अगाडि बढ्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धन नगरसमितिले आयोजना गरेको मतदाता धन्यबाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा प्रकोपमा परेका पिडितलाई आफुहरु सकेसम्म सम्बन्धित पिडितलाई भेटेर दुखमा साथ दिने र बिकासकम काममा लाग्ने बताउँनु भयो । कार्यक्रममा बा...