सम्पर्क

Month: २०७८ फाल्गुन २८ शनिबार

अखिल नेपाल महिला संघ जुगलको अध्यक्षमा श्रेष्ठ

राजनिती
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षमा माया श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । शनिवार भएको भेलाले उपाध्यक्षमा म्हेन्दो माया तामाङ, सचिवमा गिता तामाङ, सहसचिवमा गिता विक, कोषाध्यक्षमा दोरीमाया तामाङ सहित १८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । भेलाले महिलाका राजनीतिक हक अधिकारका क्षेत्रमा समेत छलफल गरिएको थियो ।...

प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोक जिल्लाका पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । थाङपाल धाप माध्यामिक विद्यालको प्राँगणमा पुर्बमन्त्री तथा सँघिय सांसद शेर बहादुर तामाङले प्रतियोगिताको उद्वघाटन गर्नुभएको हो । प्रमुख अतिथी तामाङले मन्तब्य राख्नु हुंदै उहांले खेलकुदको बिकास संगै थाङपाल पाँचपोखरी क्षेत्रमा बिकास निर्माणको गतिमा पनि उल्लेख्य सुधार भएको बताउनुभयो । खाल्डेखोलादेखि धापसम्म जाने सडकको स्तरोन्नति यसै बर्ष सम्पन्न हुने र धापदेखि भोताङसम्मको सडकको केहि महिना भित्रै टेन्डरको प्रकृया अगाडि बढाईने बताउनुभयो । त्यसैगरि धापबाट बरुवा जोड्ने लामो दुरिको झोलुङ्गे पुलको पनि डिपिआर गरि छिट्टै निर्माणको लागि पहल गरिने बताउनुभयो । नेपाल हायसी सितो रियो डाई करातें डो शाखा डोजो सिन्धुपाल्चोकका अध्यक्ष सुर्य बहादुर अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रम...

पिडाको भूमारीमा महिला नेतृत्व

ब्रेकिङ न्युज २, समाचार
राजनीतिमा लागेका महिलाले भोग्नु परेको समस्या विषयमा सामुदायिक सारथीको सहयोगमा जिल्ला समन्वय समितिको आयोजनामा भएको अन्तक्र्रियामा सहभागि नेतृहरुको धारणाले यस्तो पुष्टी गरेको हो । राजनितिमा लागेका महिलाहरुका मात्रै होइन समाजमा एउटा स्थान कायम गरि सकेका जनप्रतिनिधिको समेत अवस्था भयावह देखिन्छ । अझ दलित महिलाको पिडा असह्य रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ की वडा सदस्य कमला वि.कले आफु निर्वाचित भएपछि पनि पटक पटक जातकै कारणले विभेद भोग्नु परेको तर न्याय नपाएको दुखेसो पोख्नुभयो । यस बारेमा कहि कतैबाट पनि सहयोग नपाएकोले न्याय पाउन नसकेको बताउनु भयो । विगतमा धेरै पटक विभेदकै डरमा भोक भोककै बसेको तितो अनुभव राख्नु भएको थियो । जनप्रतिनिधिको जिम्मेवारीको बारेमा पनि अन्य सदस्य सरह समान अधिकार पाउन नसकेको बताउनु भयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४ का वडा सदस्य शर्मिला वि.कले यो...

सिन्धु कांग्रेस सभापतिका लागि तीनजना मैदानमा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक को चौधौं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । केन्द्रको जस्तै जिल्ला सभापति लगायत पदाधिकारीमा सँस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा देउवा प्यानलबाट जँगबहादुर तामाङ मैदानमा आउनुभएको छ भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहनुभएका बँशलाल तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिनुभएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उहाँ देउवा समूहबाट बागी उम्मेदवार बन्नुभएको छ । सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गरिरहनुभएको छ भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरिरहनुभएको छ । कोइराला पक्षबाट भने बँशलाल तामाङको मात्र...

वरिष्ठ पत्रकार तथा साहित्यकार केसीको निधन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसीको निधन भएको छ । लामो समयदेखि उपचाररथ उहाँको आज केएमसी शिक्षण अस्पतालमा निधन भएको उहाँको परिवारले जानकारी दिनुभएको छ । साहित्यमा समेत उत्तिकै सक्रिय उहाँलाई राम केसी ‘चौतारे’ को नाममले साहित्य क्षेत्रमा चिनिन्छ । चौतारा साँगाचोकगढी नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील रहनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उहाँ कार्यरत रहनुभएको थियो । दमरोग र छातस्मा सङ्क्रमणका कारण उहाँ अस्वस्थ थियो ।केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराइ घरमा बस्नुभएको थियो । फेरि अस्वस्थ उहाँलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको छोरा शरद केसीले जानका...

पाँचपोखरीमा कुकुरलाई बन्ध्याकरण गरिने

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकाले सामुदायीक तथा छाडा कुकुरलाई बन्ध्याकरण शिविर सँचालन गर्ने भएको छ । गाउँभरी छाडा कुकुरहरुको विगविगी भएको र समुदायका ब्यक्तीहरुलाई दुःख दिन थालेपछी बन्ध्याकरण शिविर सँचालन गर्न लागेको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वपर्ष २०७८÷०७९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उक्त अभियान चलाउन लागिएको गाउँपालिकाद्वारा प्रकाशन गरिएको सुचनामा भनिएको छ ।  ...

काँग्रेस वडा ईकाई समितिको वैठकले जिम्मेवारी तोक्यो

राजनिती
चौतारा सँगाचोकगढी नगरपालिका वडा नं. १४ को वडा ईकाई समितिको वैठकले विभिन्न जिम्मेवादी तोकेको छ । वडा इकाई सभापती विनोद तामाङको सभापतित्वमा बसेको बैठकले श्याम पराजुलिको सँयोजकत्वमा २१ सदस्यिय प्रचार प्रसार समिति गठन गरेको छ । त्यसैगरी पाटि ईकाई सभापति बिनोद तामाङ , चतुरबहादुर तामाङ, ईन्द्र बहादुर बस्नेत, राम्जीप्रसाद नेपाल, गोमादेवी दुलाल, केशर श्रेष्ठ, बलराम बस्नेत , श्याम पराजुलि रहेको टोल समिति समेत गठन गरिएको छ । वैठकले क्षेत्रिय कार्यसमिती सदस्यका लागि श्याम पराजुलि र जिल्ला कार्य समितिमा केशर बहादुर श्रेष्ठलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । वैटटकले कार्यालय सचिवको जिम्मेवारी भने कृष्ण बहादुर मैनालीलाइ दिएको छ । बैठकले माझी बस्ति बाट ४ जना , अशिने बाट ४ जना र दलित बस्ति बाट ४ जना वडा कार्यसमितिमा थप गरेको वडा सभापति विनोद तामाङले जानकारी दिनुभयो ।...

सिन्धुपाल्चोक काँग्रेसको अधिवेशन तालिका सार्वजनिक

राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाम चौतारामा यही २८ गते मतदान हुनेगरी निर्वाचन कार्यतालीका सार्वजनिक गरिएको हो । जिल्ला निर्वाचन अधिकारी देवबहादुर कुँवरको सँयोजकत्वमा बसेको वैठकले २७ गते शुक्रबार नेपाली काँग्रेस पार्टी कार्यालय, विपी अध्ययन केन्द्र चौतारामा मनोनयन पत्र दर्ता गर्ने वताईएको छ । २७ गते १०ः ३० देखी १२ः ३० बजेसम्म सरोकारवालासँग छलफल हुने , १ वजे मतदाता नाममावली प्रकाशन गरिने र १ः३० वजेदेखी ३ः १५ वजेसम्म मनोनयनपत्र दर्ता गरिने निर्वाचन अधिकारी कुँवरले जानकारी दिनुभयो । त्यसैगरी शुक्रबार ४ः१५ मा उम्मेदवारको नेपाली वर्णनुक्रमअनुसार(देवनागरिक लिपीमा) प्रथम नाम प्रकाशित गर्ने , ४ः१५ बजेदेखी ४ः४५ बजेसम्म उम्मेदवारमाथी दावी विरोध र मनोनयन दर्ता फिर्ता गर्न सकिनेछ छ भने ६ः ४५ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । २८ ग...

गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे रेडक्रसको कार्यशाला

ब्रेकिङ न्युज १, समाचार
नेपाल रेडक्रस सोसाईटीको आयोजनामा गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे समुदायको चाहना विषयक तथ्याँक सँकलन कार्यशाला गोष्ठी सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ । युकेएआईडी , आईएफआरसी, नेष्टा (वेलायतको सहकार्यमा रेडक्रसले गरिरहेको समुदायको चाहनाबारे नयाँ तथ्याँक सँकलन गर्ने कार्यक्रम अन्र्तगत कार्यशाला गोष्ठी गरिएको हो । नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकको सभापती राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले गर्नुभएको थियो । कार्यशालामा बोल्दै प्रमुख अतिथी प्रजिअ खनालले रेडक्रस सरकारको सहयोगी निकाय भएको बताउँदै जिल्लामा रेडक्रसलाई अझै क्रियाशिल हुन आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक धर्मदत्त विडारीले गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे महोत्तरी र सिन्धुपाल्चोकमा समु...

मेलम्ची बाढीको सात महिना – विस्थापित अझै अस्थायी टहरामा

ब्रेकिङ न्युज २, समाचार
रुपक पुरी गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धन जनको क्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन । विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो । बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । हेलम्बुका चनौटेलगायत नदी आसपासका बस्ती, खेत, रिसोर्ट, ट्राउट व्यवसायसमेत बगरमा परिणत भएका छन् । हेलम्बु गाउँपालिकाको गणेशबगरका डम्बरबहादुर भण्डारीलाई अहिले इन्द्रावतीको फाँटामा भएको गहुँ तोरी र आलु देख्दा लोभ ला...