सम्पर्क

Month: २०७८ चैत्र १७ बिहीबार

हेलम्बुमा ‘गाउँ– गाउँ जाऔ, कांग्रेस जिताऔ’ अभियानलाई तीब्रता

राजनिती, समाचार
वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ग्याल्थुममा ‘गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र पारिएको छ । मंगलबार हेलम्बु ४ ग्याल्थुम देवीस्थान स्थित पिपलबोटमा नेपाली कांग्रेस वडा सभापति पुर्ण बहादुर तामाङको सभापतित्वमा ४३ सदस्यीय गठन गरिएको छ । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस ४ वडा कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा टोल समिति गठन संयोजक हरि कुमार शर्माको सभापतित्वमा संचालन गरिएको थियो । नेपाली काङ्ग्रेस गाल्थुम सभापति तामाङले संगठनलाई चलायमान बनाउन वडा प्रतिनिधिहरुले वडा र टोल समिति गठन एवं बैठकहरु तिब्र पारेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कार्यसमिति सदस्य नारायण गिरीको प्रमुख आतिथ्यतामा प्रदेश ख उपसभापति राजकुमार लामिछाने महादिवेशन प्रतिनिधी लक्ष्मी सुनार, नेपाली कांग्रेस हेलम्बु ४ सभापति भरत कार्की, जनप्रतिनिधी बुद्धिमान तामाङ, नेपाल किसान संघ जिल्ला सभा...

श्रीमती हत्याको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका १ स्याउलेका मेख बहादुर तामाङलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४६ बर्षिय श्रीमती सुकमाया तामाङलाई गए राति काठको दाउरा तथा ढुङगाले शरीरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकार दिनुभयो । गम्भीर घाइते सुकमायाको चौतारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको श्रीमान मेख बहादुरलाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत बाट बुधबार सात दिनको म्याथ थप लिइएको प्रहरीले जनाएको छ ।  ...

ग्लोबल आइ.एम.इ.को गोष्ठी सम्पन्न

समाचार
ग्लोबल आइ.एम.ई.लघुबित्त वित्तीय संस्था लिमिटेडको चौतारा शाखाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । ग्लोबल आइ.एम.इ.लघुबित्त वित्तीय संस्था लिमिटेडको सिन्धुपाल्चोक जिल्ला शाखा कार्यालय चौताराले चौतारा साँगाचोकगढी न.पा.वडा नं ५ स्थित चौतारा बहुमखी क्याम्पसको सभाहलमा गोष्ठी गरेको हो । मङ्गलबार भएको वित्तीय साक्षरता तथा बार्षिक केन्द्र प्रमुख गोष्ठी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्का प्रमुख आतित्थ्यतामा सम्पन्न गरेको छ । केन्द्र नं. ०१६ को प्रमुख शुसिला के.शी नेपालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रबन्धक दिवशराज ओली तथा अनुगमन अधिकृत रोशन पाठकको उपस्थितीमा भएको शाखा प्रबन्धक अम्बिका दंगाल जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागीहरुले ग्लोबल आइ.एम.इ.लघुबित्त वित्तीय संस्था लिमिटेडले खासगरि ग्रामीण भेगका नागरिकहरुलाई सुबिधा दिइएकोमा खुशी ब्यक्त...

विभिन्न पार्टी परित्याग गरि दर्जनौ कांग्रेसमा प्रवेश

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्थानीय निर्वाचन नजिकिँदै जाँदा हेलम्बु २ किउलका राप्रपाका गाउँपालिका उपाध्यक्ष उमेदवार गङ्गा लामा, स्थानिय एमाले नेता याकर तामाङ लगायत दर्जनौ कांग्रेस प्रवेश गर्नुभएको छ । मंगलबार कांग्रेस नेता एवं हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उहाँहरुलाई खादा ओढाएर र टिका लागाएर पार्टीमा प्रबेस गराउनु भएको हो । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढ्नुको साथै हेलम्बु कांग्रेसमय भएको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो । किउल बस्तिबाट यस अघिपनि दर्जनौ नेता कार्यकर्ता काङ्ग्रेस प्रबेस गरेका थिए । प्रबेसीहरुले आफुहरु नेपाली काङ्ग्रेसको काम देखेर प्रबेस गरेको बताउनुभयो ।...

हावाहुरीसहित वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
रासस पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित÷चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

नागरिकलाई स्वस्थ बनाउन खुल्ला व्यायामशाला

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित चौतारा टुडिखेलमा खुल्ला व्यायामशाला तथा बहुसाँस्कृतिक प्रतिमा निर्माण हुने भएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव रहेतापनि चौतारा सांगाचोकगढी नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो । चौताराको टुडिखेल स्थित स्थापना गरिएको व्यायमशालाको मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमान सिंह तामाङले उद्घाटन गर्नुभयो । यो सिन्धुपाल्चोकको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै मेयर तामाङले स्वस्थ्य नागरिक निर्माणको लागि नगरपालिकाले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत नगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।...

सभामुख सापकोटाद्धारा मोटरेबल पुलको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका ४ र ८ जोड्ने तिप्लिङ खोला पक्की पुलको उद्घाटन सोमबार भएको हो । सम्माननीय सभामुख अग्नी प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । २ करोड ६० लाख लागतमा उक्त पुल निमार्ण गरिएको हो । समुदघाटन कार्यक्रममा सभामुख सहित नेकपा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, युवा नेता माधव सापकोटा नगरप्रमुख अमानसिङ तामाङ लगायतको उपस्थिति रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अमान सिंह तामाङले विगतमा स्थानीयबाट ६ हजारका दरले रकम संकलन गरेर यो क्षेत्रमा मोटर बाटो खनिएको स्मरण गर्नुभयो । मेयर तामाङले पक्की पुल समयमै निमार्ण सम्पन्न भएकोमा धन्यवाद भन्नुभयो । पुल निर्माण सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गर्नुभयो । पुल नहुँदा वर्खायाममा घर खेत गर्न पनि घुमेर जानुपर्ने बाध्यता थियो भने पुल निर्माण भएपछि सहजरुपमा आवातजावत गर्न सकिन्छ स्थानियले बताउ...

‘लिसंखुपाखरमा निर्वाचन कांग्रेसले जित्ने दावी’– सभापति तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाका सभापति जोगलाल तामाङ ‘जेठा’ ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिसंखुपाखर गाउँपालिका कांग्रेसले जित्ने दाबी गर्नु भएको छ । शनिबार लिसंखुपाखर गाउँपालिकाद्धारा आयोजित ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानको शुभारम्भ कार्यक्रममा सभापति तामाङले लिसंखुपाखरमा कांग्रेसले बिजयी हाँसिल गर्ने धेरै आधार भएको बताउनु भएको छ । कांग्रेसलाई अन्य पार्टीले पराजित गर्न नसक्ने दाबी पनि उहाँले गर्नु भयो । कुनै पनि हालतमा कांग्रेस पराजित नहुने भन्दै बैशाख ३० को स्थानीय निर्वाचनमा बिजयी हाँसिल गर्न कांग्रेसीहरु एकढिक्का हुनुमा बिकल्प नभएको सभापति जेठाले बताउनु भएको छ । पालिका सभापतिमा आफू सभापतिमा चुनिएपछि कांग्रेसको गुट उपगुट अन्त्य गराएकोले स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचन जित्नेमा शंका नै नभएको सभापति जेठाको दाबी छ । लिसंखुपाखर कांग्रेसमा अन्र्तघात भ...

अध्यक्ष तामाङद्वारा भुकम्प स्मारक भृकुटी शान्ति पार्कको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिकामा निर्मित भुकम्प स्मारक भृकुटी शान्ति पार्कको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङद्वारा उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्वाटन भएको हो । सो पार्क पहिलो र दोस्रो चरणमा गरि निर्माण भएको थियो । पहिलो चरणमा ३४ लाख र दोस्रो चरणमा ९६ लाखको लागतमा निर्माण भएको हो । पहिलो चरणमा छ्योर्तेन बनाउने काम भएको थियो भने दोस्रो चरणमा ल्यान्ड स्केपिङ, सिँडि बनाउने काम, भृकुटीको सालिक, सौचालय, दुवो, चिल्ड्रेन पार्क, भृकुटी शान्ति पार्क, तारवार लगायतको काम भएको थियो । २०७२ सालको भुकम्प बाट इन्द्रावती गाउँपालिकामा ५४८ जनाको मृत्यु भएको थियो । सोहि मृतकहरूको सम्झनामा सो भुकम्प स्मारक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारि दिनुभयो । नेपाल र तिब्बतको सम्बन्धलाई जोड्ने ऐतिहासिक ब्यक्तित्व भृकुटी देवी लिच्छवीकालकी राजकुमारी थिइन । भृकुटीलाइ तिब्बतका राज...

डडुवा सहकारीको साधरण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
डडुवा बचत तथा ऋण सहकारि संस्थाको १३ औ बार्षिक साधरण सभा सम्पन नभएको छ । नगरपालिका वडा न १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा सहभागी शेयर सदस्य प्रमुख अतिथि, विशेष अतिथि लगायतलाई स्वागत गर्दै डडुवा तथा ऋण सहकारि संस्थाको उपाध्यक्ष जीवन कृष्ण नेपालले १३ औ बार्षिक सभाको अवशरमा सहकारी संस्थाको कार्यक्रममा उपस्थितहरुमा हार्दिक स्वागत गर्नु भएको थियो । संस्थाका सचिव भेष बहादुर नेपालद्वारा सञ्चालित सभा मानव प्रबेशि शेयर सदस्यहरुलाई टीका र माला लगायर स्वागत गरिएको थियो । सहकारि संस्थामा यस अघि ३९० जना शेयर सदस्य रहेको र नयाँ प्रबेश गरेका १२ जना समेत गरि जम्मा ४०२ जनाशेयर सदस्य रहेको उक्त सहकारीको बार्षिक साधारण सभामा प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष केशब प्रसाद नेपालले २०७७÷७८ मा प्रबेश गर्दा सहकारी संस्था सुदृढ पाएको बताउनु हँुदै ...