सम्पर्क

Month: २०७८ पुष २१ बुधबार

राजनितीसँगै कृषी पेशामा दुलाल

बिजनेस, ब्रेकिङ न्युज २
लामो समय सम्म राजनीती यात्रामा क्रियाशिल रहनुभएका मदन दुलाल (केसी) ले राजनिती यात्रा सँगै कृषी पेशा पनी सँगै लाग्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका वडा नं– १३ का राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता मदन कुमार केसी दुलालले राजनिती भन्दा पनी कृषी पेशा राम्रो हो भन्दै कृषी उत्पादनमा लाग्नु भएको छ । उँहाले पुर्खाले गरेका कामलाई निरन्तरता दिदै समाजसेवा गर्ने उद्धेश्य राखेर आफुले गाँउमा नै बसेर अर्गानिक तरकारी खेती गर्न लागेको बताउँनुभयो । गाँउमा नै रहेको माटोलाइ नगदमा परिणत गरेर घर खर्चको ब्यबस्थापन गर्न पनी सकिने र सोही अर्गानिक तरकारी आफुले खाँदा आफू पनी निरोगी हुनुका साथै खर्च पनी कम हुने , आफ्नो बारीमा तरकारी खेती गर्दा शारिरिक ब्यायाम पनी हुने हँुदा त्यस तर्फ लागेको बताउनुभयो । केसीले बिगतका दिनहरुमा आफुले तरकारी किन्दा हुने गरेको खर्च बचेको र उल्टै दैनिक १ हजार र...

चौतारामा काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकको चौतारामा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) र चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सँयुक्त आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएक...

सरस्वती माविको ५९ औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
कृष्ण ढुंगाना हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेस सभा सदस्य माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालय मध्येको एक मानिने उक्त विद्यालय असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी दुलालले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम्मेवारीबाट पन्छन नमिल्ने उहाँको भनाइ थियो । साथै उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयका सम्...

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
पछिल्लो समय नेपाल प्रहरी अपराध नियन्त्रणमा सक्रियता बढाउन थालेको छ । प्रहरीले तनहुँ, ब्यास नगरपालिका–६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उहाँको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उहाँलाई पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उहाँलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिक...

नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) र मेलम्ची नगर कार्यसमितिको सँयुक्त कार्यालय समुद्घाटन कार्यक्रमको अबसर पारेर वस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै वस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै बस्नेतले स्थानिय चुनाव नजिक आएकाले गाउँ केन्द्रित हुन आग्रह गर्नुभयो । काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनता माझ जान आबश्यक रहेको समेत बस्नेतले बताउनुभयो । नेता बस्नेतले काँग्रेस एकलौटी चुनाव लड्न तयार रहेको बताउँदै सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा मेलम्...

एमाले सिन्धुपाल्चोकको ९ औँ अधिवेशन ः कसले मार्ला बाजी

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकमा यही पुस २३ गते हुने नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । वडादेखि नगर, जिल्ला तथा केन्द्रसम्मको ध्यान जिल्ला अधिवेशनमा छ । तर आम कार्यकर्ता भने ‘पर्ख र हेर’को रणनीतिमा छन् । अधिवेसन सम्पन्न गराउन एमाले सिन्धुपाल्चोकले ५ सय ८५ जनाको आयोजक कमिटी बनाएको छ । अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५ सय ८५ बाट १ सय ५ सदस्यीय कमिटी बनाउन एमालेलाई सजिलो छैन । त्यसमाथि ३३ प्रतिशत महिलासँगै दलित तथा जनजातिलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि एमालेलाई छ । सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् । अब बन्ने कमिटीमा आबद्ध रहने संख्याको ५० प्रतिशत सदस्य र असन्तुष्ट रहेका सिङ्गै टिमलाई बोकेर समाजवादीमा प्रवेश गर्ने दाउमा कर्माचार्य रहेको उहाँ निकट एक नेताको दाबी छ । ती नेताका अनुसार पुरानो तथा युवापुस्ताको प्रतिन...

पुर्ब मन्त्री बस्नेत दाङको विभिन्न कार्यक्रममा सहभागी

ब्रेकिङ न्युज २, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले दाङ जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो । पूर्व मन्त्री बस्नेतले तुलसीपुरमा भएको स्व.खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको समापनमा प्रमुख अतिथीको रुपमा सहभागी हुनुभएको थियो । विजेता टिमलाई बस्नेतले पुरस्कार वितरण गर्नुभएको छ । । प्रतियोगिताका महिला र पुरुष दुवै तर्फका विजेता र उपविजेता खेलाडी हरुलाई सिल, मेडल, प्रमाणपत्र र नगद चेक पुरस्कार हस्तान्तरण गर्नुभयो । यसैगरी बस्नेतले घोराहीमा बाढीपहिरोबाट मृत्यु भएका आफन्तलाई राहत वितरण समेत गर्नुभएको छ । बस्नेतले पार्टीका नेता कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको थियो । पूर्व मन्त्री वस्नेतले दाङ भ्रमणका क्रममा जननायक विपि कोईरालाको स्मृतिमा खोलीएको दाङ जिल्लाको उत्कृष्ट नमुना विद्यालय अवलोकन समेत गर्नुभएको छ । सोही अवसरमा ...

माझी बस्तीमा किसानसँग साक्षत्कार कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा सुन्दर भौतिक पुर्वाधारहरुले सुसज्जित माझी बस्तीलाई आय आम्दामीको मार्गमा डोह¥याउने उदेश्यले किसानसँग साक्षात्कार कार्यक्रम गरिएको छ । माझी बस्तीमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत अग्रो इन्टरप्राईजेज सेन्टरको आयोजनामा ‘सय किसान अभियान’ अन्तर्गत आर्थीक सिदृढिकरणको कार्यक्रमको थालनी गरिएको छ । उद्योग वाणिज्य महासँघ सिन्धुपाल्चोकका महासचिव शम्भु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हात्तेमालो गर्ने नेपाल उद्योग वाणिज्य महासंघ र अग्रो इन्टरप्राईजेज सेन्टरका टोली लगायत किर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य , पाँचखाल नगरपालीकाका मेयर महेश खरेल , नेपाल उद्योग वाण्ीज्य महासँघ कृषी उद्यमी केन्द्र सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य सँघको सल्लाहकार उपसभापती यादव दाहाल, सिन्धुपाल्चोक उद्योग वाणिज्ज्य सँघक...

प्रहरीद्धारा फरार अभियुक्तहरु पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुभपाल्चोकले फरार रहेका २ अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७६ माघ ८ गते डाँका मुद्धामा ११ महिना ८ दिन कैद सजाँय फैसला भई फरार रहेका साविक साँगाचोक ९ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वस्ने वर्ष ४४ वर्षिय काशी पराजुलीलाई यही १९ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित चौतारा बजारमा फेला पारी पक्राउ गरि नियन्त्रणमा लिईसम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गराईएकोमा अदालतले निजलाई लागेको उक्त कैद सजाय असुलका लागि आजै कारागार चलान गरेका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी काभ्रे जिल्ला अदालतबाट मिति २०७३मँसिर २ गते वहुविवाह मुद्धामा ७ महिना ८ दिन कैद सजाँय फैसला भईफरार रहेका सिन्धुपाल्चोक .ईर्खु ३ हाल चौतारा साँगाचोकगढी नगरपालीका वडा नं..८ बस्ने वर्ष ३१ को रहिण भन्ने कुमार...

चौधबुँदे प्रतिबद्धता–पत्र जारी गर्दै जलवायु परिवर्तन र प्रभावबारे छलफल सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति र स्थानीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन समिति र मेलम्ची नरपालिकाको आयोजनामा ‘जलवायु परिवर्तन र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा विज्ञहरुले जलवायु परिवर्तनले पारेका प्रभावबारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा डा. रञ्जनकुमार दाहालले जलवायु परिवर्तनले मेलम्ची क्षेत्रमा निम्त्याउने भूविपद्हरु र उत्थानशीलताका लागि चाल्नुपर्ने कदमहरुका बारेमा प्रस्तुति राख्नुभयो । उहाँले मेलम्ची मुहान क्षेत्रमा गर्नुभएको अध्ययनको निष्कर्षका साथ उत्थानशीलताका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराउनुभयो । डा. धर्मराज उप्रेती, डा. रविनराज निरौला, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तनसम्बन्धी प्रस्तुति राख्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्र...