स्याउलेमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम
चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्बर १ को आर्थिक सहयोग,आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र सक्रिय किशोर किशोरी समुहसँगको समन्वयमा दुई दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा आदिवासी जनजाती महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ, प्रमुखअतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न.ं१ का वडा सचिव राजबहादुर श्रेष्ठ, अतिथि शोभा उलक,रामशरण अधिकारी ,पुजा तामाङ, निरमाया लामा,किशोर किशोरी,महिला समुहका महिला प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । प्रस्तवाना तथा प्रतिवेदन लेखन तालमिबाट स्थानिय निकायमा लक्षितवर्गको विनियोजित वजेट प्राप्त गर्नको लागि प्रस्तवानपत्र लेख्न सक्ने कार्यक्रम माग गर्नुपदा पुर्याउन पर्ने प्रक्रिया सम्वन्धी क्षमताको विकास गराउनु थियो । नेतृत्वको आवश्यकता, नेतृत्वको शैली साथै प्रस्तावना लेखन फारम माथि प्रशिक्षक शोभा उल...
