पुर्ब मन्त्री एबम् सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद शेर बहादुर तामाङको अध्यक्षतामा मेलम्ची र ईन्द्रावती नदीमा गत असार १ गते र त्यस पछि आएको भीषण बाढिबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्बन्धमा सोमबार सडक बिभाग, ललितपुरमा छलफल भएको छ ।
सो बैठकले हेलम्बु, मेलम्ची, पांँचपोखरी र ईन्द्रावती क्षेत्रमा गत असार १ गते र त्यसपछि आएका भीषण बाढिबाट ध्वस्त भएको मेलम्ची देखि— पांचपोखरी, ईन्द्रावति, चौतारा जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटरपुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्कि पुलहरु, मेलम्ची हेलम्बु सडक, मेलम्ची भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न सडक बिभाग मार्फत छोटो बिधिबाट कार्यान्वयन गराउने निर्णय समेत भएको छ । बाहुनेपाटीको पूललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशित भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरि बैठकमा सहभागी मेलम्ची नगरपालिकाका प्रमुख डम्बर आर्याल, ईन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले पुनर्निर्माणमा ढिलाई भएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
बैठकमा पांचपोखरी थाङपाल गाउंपालिका अध्यक्ष टासी लामाले मेलम्ची भोताङ सडक बर्षायाम अगाडि नै पुनर्निर्माण गरिनु पर्ने माग गर्नुभयो । सडक बिभागका महानिर्देशक शिबहरि सापकोटाले बैठकमा उठेका बिषयबस्तुहरुलाई छिट्टै सडक बिभागको तर्फबाट बिभागले सम्बोधन गर्ने निर्णय भएकोले पूनःनिर्माणको काम छिट्टै सुरुहुने बचन दिनुभएको छ । सो बैठकले छिटो प्रकृयाबाट पूल र सडक निर्माणको काम सुरु गर्ने निर्णय भएको सो बैठकमा सहभागी निर्मल बन्जाराले जानकारी दिनुभयो ।
सो बैठकमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँंचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, ईन्द्रावती गाउँंपालिकाका अध्यक्ष बंशलाल तामाङ, सडक बिभागका महानिर्देशक शिबहरि सापकोटा, सडक बिभाग पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठ, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाल, मेलम्ची नगरपालिकाकी उप प्रमुख भगवति नेपाल, मेलम्चि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, पुर्बमन्त्री तामाङका स्वकीय सचिब निर्मल बन्जारा, मेलम्ची नगरपालिका ईन्जिनियर जित बहादुर कार्की , लगायतका सरोकारवालाको उपस्थिती रहेको थियो ।
