सम्पर्क

ईन्द्रावतीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तालिम

ईन्द्रावती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सृदृढीकरण आयोजना तथा अनलाईन प्रणली सम्बन्धी तिनदिने तालिम सोमबारबाट सुरु भएको छ ।
ईन्द्रावती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सेवा ईकाई केन्द्रको आयोजनामा भएको तालिमको उद्धघाटन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले गर्नुभएको थियो । तालिममा गाउँपालिकामा रहेका १२ वटै वडाका सचिव र सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण गाउँपालिकाको सुचना अधिकारी मनोज दँगाल , एम.आई.एस. अपरेटर सुमन राई लगायतले गरिरहनुभएको छ ।