
लिसंखु पाखर गाउँपालिकाको किसानहरुलाई ६३ वटा हाते (ट्याक्टर) वितरण गरिएको छ ।
गाउँपालिकाको अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको संयोजन गाउँ पालिका कृषि शाखाले गरेको थियो । गाउँपालिका अध्यक्ष नेपालका अनुसार २७ लाख रुपैयाँको े ट्याक्टर वितरण गरिएको हो । ट्याक्टरमा पालिका अनुदान ७०% र समूह , सहकारी र ब्यक्तिगत रुपमा किसानहरुलाई ३०% सहभागिता गराईएको थियो । किसानहरुको मागको आधरमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाले फलफुलको विरुवाहरु माटो परिक्षण गरेर वितरण गर्दै आईरहेको थियो छ । किसान हरुलाई विविध खाले कृषि अनुदानहरु समेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानहरुलाई राहात मिलेको कृषक भक्तलाल श्रेष्ठ वताउनुहुन्छ ।
ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलाल , जनप्रतिनिधिहरु र किसानहरुको उपस्थिति रहेको थियो ।
