सम्पर्क

ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा महिलाहरु

पाँचपोखरी थाङपाल गाउँपालिकाको महिलाहरु ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा लागेका छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक सहयोगमा महिला सञ्जालले त्यस्तो अवसर जुटाई दिएको हो । व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि गाउँपालिकाका १२ जना महिलाहरु व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् ।
तालिमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष टाशी लामा ह्योल्मोले गाउँपालिकाले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । तालिम उद्धघाटन सत्रमा लघु उद्यमी सँघ सिन्धुपाल्चोकको उपाध्यक्ष दोकदोक तामाङ, कार्यपालिका सदस्य गँगा गुरुङ, महिला सञ्जालको सिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।