सम्पर्क

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

प्रेस काउन्सील नेपालले आ. व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । ABC-2075-076-final-Result-_सार्बजनिक नतिजामा सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशीत हुने लोकप्रिय समाचार दैनिक राष्टीय दैनिक ख मा परेको छ । सिन्धुपाल्चोकबाट प्रकाशीत पत्रपत्रीका मध्य राष्ट्र्ीय स्तरमा एक मात्र लोकप्रिय समाचार दैनिक रहेको छ ।ABC-Result-076-077-Final-Result_ प्रेस काउन्सलिका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५÷०७६ र २०७६÷०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको प्रेसकाउन्सील नेपालका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिनु भएको छ । यो नतिजामा चित्त नबुझ्ने पत्रीकाका प्रकाशन गृहहरुले प्रेस काउन्सीलमा पुनरवालोकन गर्नका लागी निबेदन दिन समेत १५ दिनको म्याद दिइएको गुनासो अधिकारी राधेश्याम अधिकारीले जानकारी दिनु भयो । आ.व. २०७५÷०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये देहायअनुसार वर्गीकरण भएका छन् ।क वर्ग – २१९,ख वर्ग –४७६,ग वर्ग – १३७,घ वर्ग – १५ रनियमित तर हुबहु र वर्ग कायम नभएका – ३६वटा रहेका छन । त्यस्तै आ.व. २०७६÷०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये देहायअनुसार वर्गीकरण भएका छन् ।क वर्ग – २३९,ख वर्ग – ४३१,ग वर्ग – १६३, घ वर्ग – ०नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५वटा रहेका छन । प्रेस काउन्सिलको मिति २०७८÷१०÷१४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय गरेको प्रेस काउन्सील नेपालले जनाएको छ ।