
हेलम्बु गाउँपालिकामा नेकपा एमाले ,माओवादी र राप्रपाका सयौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
शुक्रबार एक कार्यक्रमकाबिच हेलम्बु गाउँपलिका वडा नं– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्दै हेलम्बु–२ का व्यवसायी एवं माओवादीका युवा नेता हरि रिमालले गरिबलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरा गर्ने कम्युनिष्टको झुटको खेति बन्द गर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो । उहाँले बिकासवादी पार्टि नेपाली कांग्रेसको चारतारे झण्डामुनी गोलबद्द हुन सम्पुर्ण हेलम्बुबासीलाई आव्हान समेत गर्नुभयो ।
बिकास लगायत जनताको हरेक दःुखसुखमा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै हेलम्बुमा पार्टी प्रवेशको लहरै चलेको पुर्व क्षेत्रिय सचिव रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार यसअघी पनी यो बस्तीका नेकपा तथा राप्रपाका सयौं नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
आफुले विगतको निर्वाचनमा काँग्रेसलाई मत नदिएपनी चुनाव जितेपछी जनतालाई चाहिने सबै बिकासका काम नेपाली कांग्रेसको स्थानिय सरकारले गरिदिएको तथा निर्वाचनमा मत नदिएपनी बिकासका काममा कांग्रेसले कुनै भेदभाव नगरेकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको नव प्रवेशी होम बहादुर भण्डारीले बताउनुभयो ।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताउनुभयो । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने समेत बताउनुभयो ।
