सम्पर्क

बिजनेस

एकै ब्यक्ती दुइ सहकारीमा बस्न नपाउँने

कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
नेपाल सरकार भुमी तथा सहकारी मन्त्रालय सहकारी बिभागले एक ब्यक्ती एक सहकारी सदस्यको निर्णयलाइ कार्यन्वयनमा ल्याउँन लागेको छ । बिभागले सहकारी ऐन २०७४को दफा ३३को उपदफा १ बमोजिम कुनै ब्यक्ती एक स्थानीय तहमा एकै प्रकारका एक भन्दा बढी सहकारी सस्थाको सदस्य हुन नपाउँने र त्यस भन्दा अघी भएको भए तिन बर्ष भित्र कुनै एक मात्र सदस्य रहन पर्ने व्यवस्था भए बमोजिम गर्न अनुरोध गरेको छ । सहकारी ऐन बिपरित एउटै पालिका भित्र एकै प्रकारको दुइ वा सो भन्दा बढी सदस्य लिएको भएमा एक सहकारी छनौट गरी एक मा मात्र सदस्य कायम गर्न अनुरोध गरेको छ । सो नगरे कानुन बमोजिम कार्बाही हुने बिभागले जनाएको छ ।...

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३ असार : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले राससलाई जानक...

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

जिबनशैली, बिजनेस, विचार, विचित्र संसार
– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन ।सबै विचार समूह र तह–तप्काका पत्रकारहरूको छाता सङ्गठनका मानिने पत्रकार महासङ्घ ने...

सुनकोशी गाउँपालिकाद्धारा १४४०० मै कृषकलाई ट्याक्टर

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले आफ्ना पालिकाका कृषकहरुलाइ १४४०० जम्मा गरेपछी नपुग १४२०० पालिकाले थप गरेर कृषकलाई मिनिटेलर(हाते ट्याक्टर) दिएको छ । कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको हो ।  गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिना ले गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको बताउँनु भयो । उाहाका अनुसार गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४...

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोडअर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । बजेट हेर्न यँहा थिच्नुहोस Budget-2081.082 कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट...

तुना चप्पल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
रोजगारी र आयमा वृद्धि अबको समृद्धि भन्ने अभिप्रायले चप्पल बनाउने तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १ मा सञ्चालित तालिमको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईको अध्यक्षतामा सम्पन भएको हो । कार्यक्रममा जागृत महिला सहकारी संस्था मार्फत भावि दिनमा व्यबसायिक रूपमा व्यबसायिक चप्पल बन्ने गरि प्रविधि (मेसिन) हस्तान्तरण समेत गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले अब तालिम तालिममा मात्र सिमित नगरी व्यबसायिक रूपमा सञ्चालन गर्नको लागि अनुरोध गर्दै आफ्नो तह र तप्काबाट सहजिकरण गर्नै कुरा व्यक्त गर्नुभएको छ । साथै वडा नं.१ का वडा अध्यक्ष र जनप्रतिनिधिहरूको सक्रियतामा सञ्चालित कार्यक्रम वडा कार्यालयमार्फत थप अनुगमन मुल्यांकन र पृष्ठपोषण प्रदान गर्दै व्...

खावा धुलिखेल सडक २दिन बन्द

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
अरनिको राजमार्ग अन्तर्गत खावा धुलिखेल दिउँसो सडक ११बजे देखी ३ बजे सम्म बन्द रहने भएको छ । निर्माणाधीन धुलिखेल–खावा ४ किलोमिटर सडक निर्माणका लागि यहि जेठ ८ र ९ गते दुई दिन दिउँसो सवारी साधन आवत जावत बन्द गरेर सडक मर्मत गरिने भएकाले बन्द गरिएको हो । सडक सुचारु हँुदा सडक मर्मतमा कठीनाइ हुने भएकाले सडक बन्द गरेर मर्मत गर्नका लागी बन्द गरिएको हो । जिल्ला समन्वय समिति , काभ्रेपलान्चोकमा बैठक बसेको भएको सरोकारवालाहरूको बैठकले दुई दिनको ४ घण्टा अत्यावश्यक बाहेकका सवारीसाधन बन्द गरि सडक निर्माण गर्ने निर्णय गरेको ले सडक मर्मतका लागी जिल्ल प्रशासन कार्यलय काभ्रेले सुचना प्रकाशित गरी सबैलाइ जानकारी गराएको हो ।सो दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स , शवबाहन र सुरक्षा निकाएका सवारीसाधन बाहेक अन्यलाई आवातजावतमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । उक्त समयमा दोलालघाट–पाँचखाल हुँदै धु...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
देबकी क्षेत्री मगर ,इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उहाँले तर त्यो असम्भव कुरा भएको बताउनुभयो । दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने बताउनुभयो ।यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उहाँले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘सही तरिकाले सही माग लिएर अगाडि बढेमा राम्रो हुन्छ । तर अर्थतन्त्र नै ध्वस्त गरा...

घट्याे पेट्राेल काेमूल्य७रुपैयाँ

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं, २ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । DOC-20240430-WA0010[1]नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँयसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने    छ ।...

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, १) सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । २) यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक ग...