राप्रपाद्धारा चाडपर्बमा हुने कालाबजारी रोक्न सरकार सँग माग
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको अत्यधिक मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गइरहेको ले बजारको प्रभाबकारी अनुगमन र कालोबजारी नियन्त्रण गरी आम उपभोक्तालाई सहज बजारको वातावरण सिर्जना गर्न माग गरेको हो र आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको पाटी प्रबक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाले बिज्ञेप्ती जारी गरि यस्तो जानकारी दिनु भएको हो । जारी बिज्ञेप्तीमा चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखी यातायातको सहज व्यवस्थापन र प्रभावकारी अनुगमन गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । बैठकले राजमार्ग र अति व्यस्त रहने सडकका खाल्डाखुल्डी पुर्न तथा सुरक्षित यात्राका उपायहरु अवलम्बन गर्न राप्रपा...
