सम्पर्क

बिजनेस

कुलमानलाइ हटाउँने कुरै छैन उर्जा मन्त्री खड्का

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
लोकप्रिय समाचार ,’राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, ’सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानले राम्रो काम गर्नू भएको छ हामी राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्छौ उँहाले राम्रो गरुन्जेल उँहाप्रति सरकारले त्यस्तो कुनै धारणा बनाएको छैन,कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने अहीले सम्म कुनै कारण नभएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बताउँनु भएको छ । उँहाले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको दोहोर्याउँदै कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्नु भयो । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न बाह्र्बिसे आउँनु भएका मन्त्री खड्काले यस्तो बताउँनु भएको हो । निरीक्षणका क्रम...

’मलाई पिर छैन धनको बरिलै’ आयो बजारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  ’मलाई पिर छैन धनको बरिलै’ बोलको मौलिक तिज गीत बजारमा आएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३का जिवन भण्डारीको गितको मोडल रहेको यो गित बागमती प्रदेशका पुर्ववनमन्त्री माननीय मसिना खड्का भण्डारीले बिमोच नष्र्नू भएको हो । ’मलाई पिर छैन धनको बरिलै’ पछिल्लो समय बजारमा अश्लील गीतको भेलमा एउटा मौलिक तिज गीत भएको छ । एक वयस्क नारीलाई धनको धनी होईन मनको धनी भएको युवकको खाँचो भएको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अहीले बजारमा प्राय चाडबाडको नाममा गाइने गितहरुमा मौलिकता हराउँदै गएको र प्राय गितहरु छाडा र मन गणन्ते मुलक भएको आरोप लागी रहँदा मलाइ पिर छैन धनको बरी लै भन्ने गितले बजारमा नँया शन्देस छाएको छ । सम्पती सबै भन्दा ठुलो हो भन्ने समाजलाइ यो गितले सम्पती भन्दा इमान्दारीता ठुलो हो भन्ने शन्देस दिएको छ । गितको बिमोचन गर्दै मा खड्काले यो गित गित मात्र नभएर समाजलाइ स...

घरदैलो सुबिधामा सुकुटेको सिन्धु डेरी

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा रहेको सिन्धु डेरीले दुधबाट बनेका हरेक परिकारहरु उपभोक्ताको माग अनुसार घरघरमा सेवा उपलब्ध गराईरहेको डेरी सञ्चालक हेमकान्त प्याकुरेलले बताउँनु भएको छ । उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्वनाथ काफ्लेसहीतको टोलीले अनुगमनमा रहेको समुहहरुसँग कुरा गर्दै सिन्धु डेरीका सञ्चालक प्याकुरेलले आफुले केमिकल, सोडाहरु प्रयोग नगरेको भन्दै यो केमिकल प्रयोग गर्न नपरोस भनेर आफूले चनाखो भएर काम गरिरहेको बताउँनु भयो । उहाँले डेरीको आफ्नै साधन भएकोले घरघरमा माग अनुसार तत्काल सामान लाने ल्याउने भएको हुँदा पनि केमिकलको प्रयोग गर्न जरुरी नपरेको बताउनु भयो । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका कार्यालय प्रमुख ईश्वरी प्रसाद चालिसे, स्थानिय पर्यटन ब्यवसायीहरु सहितका टोलिले गरेको अनुगमनका क्रममा हेर्दा सबै सामाग्री सफा रहेको दूध चिस्या...

सुकुटेमा ब्युटिफुल कफी क्याफे सञ्चालनमा

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा कफि सहकारी संघ सिन्धुपाल्चोकले औपचारिक रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । ब्युटिफुल क्याफेको नामबाट सञ्चालित उक्त क्याफेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुखदेखी मुखसम्म बोटदेखी नोटसम्म हुने काम गरेर कफी व्यवसायी संघले जापान, अष्ट्रेलिया जस्ता मुलुकहरुमा यहाँको कफीले बजार पाउँनु आफैमा भाग्यमानी भएको बताउँदै भगवान कृष्ण जन्मेको दिन कृष्णजन्माष्टमी अजम्बरी दिन देखी अर्गानिक कफी खुवाउने गरी रेष्टुरेन्टको शुभारम्भ गरेकोमा कफी व्यवसायी संघ बिशेष गरि महिला भएर पनि पुरुष भन्दाबढी साहसी बनेर स्थानीय स्तरमा नै केही गरौ भन्दै स्थानीय पहिचान सहितको काम गरेकोमा बिशेष धन्यबाद दिनुभयो । उहाँले गाउँका युवायुवतीहरु बिदेसीदै रहेको अबस्थामा गाउँमा ...

इशान को २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिनु भएको हो । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुतीm हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले जा...

उद्धघाटन हुँदै रमाइलो गाउलेको ढिकी जातो आगोको चुलो

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
जस्तो काम उस्तै नाम बिदेस जाने पैसाले नेपालमै कमाइन्छ दाम भन्दै युवा समाजसेवी ब्यक्ती नकुल नेपालले रमाइलो गाँउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँनु भएको छ। यसको औपचारकि उद्धघाटन भने भाद्र १० गते सोमबार श्री कृष्ण जन्मअष्टमीका दिन देखी शुरु हुने भएको छ । नेपाल ड्राइभिङ सेन्टरकासफल ब्यबसायीका रुपमा परचित समाजसेवी नकुल नेपाल सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का स्थाइ बासिन्दा हुनुहुन्छ । उँहाले काठमाण्डौको चाहबेल गणेश स्थानमा अर्गानीक खानेकुराको ब्यवस्था गरेर रमाइलो गाउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँन लाग्नु भएको हो । लोप हुँदै गएको घट्टमा पिदेको लोकल अर्गानिक पिठोको ढिडो ,ढिकीमा कुटेको चामाल ,ढुङे धारा,आगोमा दाउरा बालेर पकाएको स्वादिष्ट ताजा खाना नास्ताको ब्यवस्था भएको सिलौटामा बनाइएको अचार सहित गाउले परिकार सामाग्रीहरु तैयार गरि खुवाइने सञ्चाक नेपालले जानकारी दिनु भयो । ...

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो । “व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्...

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ ः मन्त्री भण्डारी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक...

प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन काउन्सिलको अपिल

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयका निम्ति सञ्चारसम्बद्ध पुराना सामग्री उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ । बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस सङ्ग्रहालयका लागि सञ्चारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न सञ्चार माध्यम, सञ्चार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैर सरकारी निकायहरूलाई अपिल गरेको हो । काउन्सिलले सङ्ग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई पुनः पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।३ वर्षअघिदेखि काउन्सिल परिसरमा सङ्ग्रहालय स्थापना गरी ट्रेडल मेसिन, कटिङ मेसिन (म्यानुअल), केस नेपाली र अङग्रेजी (फन्टसहित रूलरसहितको प्रुफ मेसिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिङ्क ब्लक (पुराना फोटासहित), ग्यालीहरु, फ्रेम/साँचो/सेटधागो, हाते टाइपराइटर र फ्याक्स मेसिन, प...

सडकमा लगानी, बालुवामा पानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रुपक पुरी ÷चौतारा सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर सिन्धुपाल्चोकका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै बिना योजना निर्माण गरिँदा वर्षैपिच्छे स्तरोन्नतिका नाममा अनावश्यक बजेट सक्ने माध्यम बन्दै आएका छन् ।गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा केन्द्र सरकार, निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्षेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी मुस्किलले ८० किमि जति छ । ‘हाम्रो तथ्यांकमा बाह्रै महिना चल्ने सडक भनेको त्यस्तै ७५–८० क...