सहकारीको संकट
सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ ।
बिष्णु गिरी ‘निश्चल’
पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं पैसा असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ भने ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको बहानाबाजी बनाईरहका छन् ।सहकारी क्षेत्रमा समस्या देखिए पनि तयार गरिएको राज्यको आवधिक योजना, नीति, कार्यक्रम बजेट कतै कुनै चर्चा छैन ।
सहकारीलाई धेरैले नाफामूलक उद्यमको रुपमा स्वीकार गरिनुले पनि पछिल्लो समय संकट आएको धेरै...

