सम्पर्क

बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया स्याउलेमा

सगुन बस्नेत,
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगचोकगढी नगरपालिका वडा नं १ स्याउलेमा रहेको श्री सेती देबी माबीमा बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया कार्यक्रम भएको छ । वडा अध्यक्ष युबलालश्रेष्ठको प्रमुख अतिथ्यतामा रेष्ट पैरबी समुह सिन्धुपाल्चोकको आयोजनामा उक्त कार्यक्रम भएको हो ।समुहका जिल्ला संयोजक यज्ञ प्रसाद दङ्गालको सभापतीत्वमा भएको सो कार्यक्रममा बिद्यालयका बिद्यार्थी शिक्षक अभिभावक तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । वडा १का वडा सदस्यहरु रामशरण अधिकारी, दिल कुमारी कार्की, उमा परियार,कालुमान बिक , सेती देबी माबी का प्रअ सबिन दङ्गाल, रेष्ट जिल्ला कार्यलय प्रमुख कुमार भट्राइ,वडा भित्रका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरु, बिद्यालयका प्रअ हरु लगाएतको उपस्थिती रहेको थियो । कानुन व्यवसायी मोहनराज गिरीले सहजीकरण गर्नु भएको कार्यक्रममा कुमार भट्राइ,रामशरण अधिकारी, लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथी युवलाल श्रेष्ठले बालबिवाह पुरै रोक्नका लागी वडाबासीहरुले सहयोग गर्न पर्ने बताउँनु भयो । उँहाले उमेर नपुगी आफ्हरुले पनी बिवाह नगर्ने र अरुलाइ पनी गर्न नदीने काम भयो भने यस्तो बिबाह अन्त हुने बताउँनु भयो । प्रशिक्षक रामहरी शर्माले सञ्चालन गर्नु भएको कार्यक्रमको समापन गर्दै जिल्ला संयोजक यज्ञ प्रसाद दङ्गालले बर्तामान स्थितीमा सामाजीक सञ्जाल , बिभिन्न समाचार माध्ययम तथा समाजीक अभियान्ताहरुद्धारा देनिक जसो यस बालविवाह अन्तका लागी प्रयास गरिरँहदा पनी केही कतै यस्तो हुने गरेको सुन्नमा आइरहेकोले यसरी हुने वालविवाह रोकथामका लागी समाज सबै लागी पर्नु आजको आबश्यबकता भएकाले हामीले बिद्यालयमार्फत यो अभियाजन चलाएको हो भन्नु भयो ।