सम्पर्क

बिजनेस

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठ...

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपापले राससलाई जानकारी...

सिन्धुपाल्चोकमा राती ९ः३० सम्म मात्र देउसी खेल्न पाइने

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
दिपावलीको अबशरमा खेलीने देउसी भैलो सिन्धुपाल्चोक जिल्लामा राती ९ः३०बजे सम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सुचना प्रकाशीत गरी यस्तो जनाएको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जारी गर्नु भएको सन्देशमा नेपालीहरुको महान चाड तिहार (शुभ–दीपावली), नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा समस्त जिल्लावासीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैयस चाडलाई अनुशासित र मर्यादित बनाउन समस्त जिल्लावासीहरुमा हार्दिक अनुरोध गर्नु भएको छ । जिल्ला प्रशासन कार्यलले आतसवाजी, पटाका, भूइचम्पा लगायतका हानिकारक विस्फोटक वस्तु तथा पदार्थहरु खरीद विक्री, ओसारपसार तथा प्रयोग नगर्न, देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरु गर्दा मर्यादित, अनुशासि एवं व्यवस्थित ढंगले राती ०९ः३० बजेसम्म मात्र संचालन गर्न।...

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
ढोरपाटन (बागलुङ), ४ कात्तिकः बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् । तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् । मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्या...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ कात्तिक ः तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिए...

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई...

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ...

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता – गृहमन्त्री ओमप्रकाश अर्याल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको र उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताउँनु भएको छ । मन्त्री अर्यालले ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी ...

भोटेकोशी जलविद्युत आयोजनाको ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
भोटेकोशी जलविद्युत आयोजनाले जेनजीले १० प्रतिशत निशुल्क शेयर पाँउने भन्ने समाचार प्रती आफ्नो ध्यान केन्द्रीत भएको जनाएको छ । शेयर सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि सहमति नभएको भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ। त्यसपछि भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्...

नेपाल लघुवित्त वित्तीय संस्था लि को शिक्षा प्रोत्साहन वितरण कार्यक्रम सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
विन नेपाल लघुवित्त वित्तीय संस्था लि मेलम्ची र हेलम्बु शाखाले शिक्षा प्रोत्साहन कार्यक्रम अनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवार मध्ये २०८१ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मा वि तालामाराङमा सम्पन्न गरेको छ । हेलम्बु शाखा अन्तर्गत यलिजा खड्का र मेलम्ची शाखा अन्तर्गत सुदिष देउजालाई उक्त प्रोत्साहन वितरण गरिएको हो । दुवैजना तेर्से माध्यमिक विद्यालयबाट एस इइ मा सहभागी भइ उत्कृष्ट भएका हुन् । मेलम्ची भ्याली क्यामसका प्रमुख राजन प्रसाद लामिछानेको अध्यक्षता र तेर्से माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जीतबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका मेलम्ची शाखा प्रमुख सञ्जिता श्रेष्ठले संस्थाले लघुवित्त कार्यक्रम मार्फत समुदायमा बचत तथा आयआर्जनका साथै शिक्षा‚ स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा समेत उ...