सम्पर्क

बिदेश

मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा निर्माण ब्यवसायी र निर्माण ब्यबसायी हरु बिच कामका पारदार्सीताकाबारेमा छलफल भएको छ । नगर भित्र विकास निर्माणका कामको गति र गुणस्तरबारे चासो राख्नु हुँदै नगरप्रमुख आइतमान तामाङ ले निर्माण व्यवसायी हरु सँग मंगलबार छलफल भएको हो । नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न छलफलमा दुवै पक्षले आफ्ना धारणा स्पष्ट राख्दै समाधान गर्ने प्रतिवद्वता गरेका छ। नगर प्रमुख तामाङले पछिल्लो समय विभिन्न योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरसम्बन्धी जनगुनासो प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भयो। जनताको करबाट सञ्चालित योजनामा ढिलाइ र कमजोर गुणस्तर कदापि स्वीकार्य हुँदैन, वहाँले स्पष्ट शब्दमा भन्नु भयो, “तोकेको समयसीमा र सम्झौता अनुसार गुणस्तरीय काम सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व हो। अन्यथा, कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउनु भयो । छलफलमा स...
नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले ल...
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, शिक्षा, समाचार
काठमाडौँ, २ वैशाख : आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।...
सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, १ वैशाख : नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो । यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र÷वाचापत्र÷प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट सम्वत् २०८३ वैशाख १० गते भित्र राय सुझाव माग गरिएको ।” सरकारले चैत १३ गते पह...

कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सरकार गठन हुँदाको बखत जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यन्वयनमा सरकाले चासो देखाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार सञ्चालनको शुरुमा गरिएको प्रतिबद्धताको बुँदा नं. ३ का आधारमा बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३÷८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।प्रतिवद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ...
क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुली ले प्रधानमन्त्री बालेन शाह समक्ष जिल्लाका विभिन्न महत्वपूर्ण मागहरू प्रस्तुत गर्नु भएको छ। उँहाले तत्काल बिशेष सम्बोधन भैहाल्नु पर्ने बिषयहरुमा , प्रधानमन्...

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

., अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...
संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान सरकारले जनताका चाहना र भावना पूरा गर्नुपर्नेछ ।” राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । २. सर्वप्रथम, म नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक आन्दोलन,...
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ । (क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १) संवत् २०८२ फा...
ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ चैतः गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्नुभयो । “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले फेसबुकमा लेख्नुभएको छ । उहाँले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्या...