सम्पर्क

खेलकुद

चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय तेक्वान्दो प्रतियागितामा जाल्पा मावि पहिलो

खेलकुद, समाचार
चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा जाल्पा माध्यमिक विद्यालयले जित हासिल गरेको छ । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २० स्वर्ण पदक प्राप्त गरी जाल्पा मावि प्रथम भएको हो । एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको छ । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिका...

तेक्वान्दो प्रतियोगितामा जाल्पा माबिका छात्रछात्रा प्रथम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, स्वास्थ्य
चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठे स्थित जाल्पा माध्यमिक बिद्यालयका छात्रछात्रा प्रथम भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गते संचालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त बिद्यालयका बिद्यार्थी प्रथम भएका हुन् । एकेडेमीका अध्यक्ष समेत रहनु भएका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको हो । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना...

सिन्धुका गुरुङ सहित ४ राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक

खेलकुद, विचार, समाचार
नेपाल तेक्वान्दो संघद्वारा आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहीतको सहभागीतामा जेष्ठ ३ देखि ५ गतेसम्म सफलतापुर्बक सम्पन्न भएको छ । गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङ पनि यस अघी निर्णयक बनी सक्नु भएको थियो भने तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक सेमिनारमा लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले पनि सेमिनार सफलतापुर्बक सम्पन्न गर्नु भएको छ । सेमिनारमा उतिर्ण भएसंगै सुदिप तामाङ र इश्वर भण्डारी राष्ट्रिय पुम्से निर्णायक हुनु भएको छ ।  नेपाल ते...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ । यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाई गर्न लागेको हो । बुधबार यूनिट्राभले पत्रकार सम्मेलन गरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको यूनिट्राभ र नेदरल्यान्डको सहयात्री टे«ड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाई गर्न लागेको जानकारी गराएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘जलवायु परिवर्तनको असर कम गरौं र हिमाललाई बचाइराखौं, मानव जीवनलाई बचाइराखौं’ भन्ने सन्देशसहित सरसफाई हुन लागेको जानकारी दिनुभएको छ । अर्काेतर्फ श्रमिकहरु सामाजि...

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, १) सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । २) यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक ग...

लघुकथा केन्द्रको बैशाख महिना

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, साहित्य
बैशाख महिनामा हाम्रो लघुकथा केन्द्रमा  पोष्ट भएका   लघुकथा सङ्ख्या  ५२८ रहेको र  नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा  नयाँ लघुकथाकारहरू ,  रमेश पन्त मितबन्धू,हरिप्रसाद पौड्याल,राजेन्द्रमान श्रेष्ठ,रामशरण गैरे,कृष्ण बजगाईँ, रेशा भट्टराई, वीरेन्द्र ढकाल,रामकुमार श्रेष्ठ फुच्चे,काजी गाउँले,रामबाबु घिमिरे  रहनु भएको  जानकारी   चौबिस घण्टामा लघुकथा कार्यक्रमका  संयोजक तथा   व्यबस्थापक छविलाल  खड्काले  गराउनु  भएको छ ।अनु विज्ञातिकृत् अक्षर रेखा लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।बैशाख २ गते आइतबार जुम प्रविधिमार्फत् स्रष्टा साँझ अमेरिकाले सो कार्यक्रम गरेको थियो । परिचर्चाकारहरू रन्जु खनाल , सत्या अधिकारी , डा. मुकुन्द पथिक , डा. पुष्करराज भट्ट , डा. रवीन्द्र समीर , डा. कुसुमाकर शर्मा गौतम , खेमराज पोखरेलले कृतिभित्र समाहित लघुकथाहरूको गुण दोष केलाउनु भएको थियो । ...

तेक्वान्दो संघ सिन्धुपाल्चोकको आन्तरीक प्रशिक्षण कार्यक्रम बाह्रबिसेमा सम्पन्न

खेलकुद, समाचार
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बाह्रबिसेमा सम्पन्न गरिएको छ । शनिबार उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको हलमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथि बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत विशेष अथिति उद्योग वाणिज्य संघका अध्यक्ष तथा जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष बुद्धराज बस्नेत नेपाल तेक्वान्दो संघका केन्द्रिय महासचिव दिपराज गुरूङ, तेक्वान्दो संध वागमती प्रदेशका अध्यक्ष केशव पुरी, तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाँगीको सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको सदस्यहरू जिल्लाका डोजाङ प्रमुख सिनियर खेलाडीहरको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको सभापतित्व भने सिन्धु तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको सह–सचिव कुमार बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा तेक्वान्दो खेलनै उत्कृष्ट खेल भ...

मेरो जीवन श्रृखला

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार
कुल प्रसाद दाहाल मेरो जन्म वि.सं.२०२१ साल श्रावण २२ गते विहिबारका दिन सिन्धुपाल्चोक जिल्ला साविक ठूलोसिरुवारी गा.वि.स.वडा नं.४ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ डौठें, बाँसस्वारामा माता मनमायाँ दाहालको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । मेरो पिताको नाम लक्ष्मीकान्त दाहाल भएको र मेरो जन्म हुदा वाजे,बज्यै माता र पिता गरी जम्मा ४ जनाको मात्र परिवार थियो । आज मेरो परिवारको संख्या ४ बाट वढेर ३१ पुगेको छ । मैले बाल्यकालमा घरायसी क ख रा पिता माता र मेरो गुरु शिवबहादुर के.सी.को सक्रियतमा हालको श्री सेतीदेवी मा.वी.बाट सुरु गरेको थिए । त्यसरी पढ्न जाने अवस्थाको एक बालकले वर्षे विदामा चौताराको सिरमा रहेको पात्लेपानी नर्सरीबाट बिरुवा बोकेर बजार पार गर्दै मेलचौर डाँडाको तल माथी पाखामा लानुपर्ने र सो वापतमा एक पटकमा प्रती पटक रु १। मात्र हाता पर्ने अवस्था थियो । टाउको दुखाउदै र ढाड...

वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि बरुवा सिर्जनशिल युवा समूहलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका –२ प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८० को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आईतबार सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयो । त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाले जानकारी दिनुभयो । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो, सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गर्नुभयो ।...

निःशुल्क शिक्षा भन्ने होइन काम गर्नुपर्छ ःनगर प्रमुख सापकोटा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका  नगर प्रमुख   कृष्ण प्रसाद सापकोटाले निःशुल्क शिक्षा बोलेर होइन व्यवहारमा लागु गरेर देखाउँन पर्र्ने बताउँनु भएको छ ।उहाँले निःशुल्क शिक्षा भन्ने अभिभावकहरुसँग सहयोग लिनेलाई निःशुल्क शिक्षा भन्न नमिल्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा रहेको श्री सेतिदेवी माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूपु विद्यार्थी पुनर्मिलन समारोह शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । उहाँले सेतीदेवी माबि सबै प्रकारले सम्पन्न भएको देखिएको भएता पनि बिद्यालयलाई थप चुनौती थपिएको बताउँनु भयो । समारोहको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले नगरभरी १२ कक्षा सम्मको निःशुल्क शिक्षाको लागि छलफल चलिरहेको बताउँनु भयो । उहाँले विपन्न बालबालिकाको पठनपाठनको लागि नगरको केन्द्र भागमा आवशीय विद्यालय निर्माण ग...