बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक मा बाढीपहीरो रोकथामको लागी सबै मिलेर लाग्न पर्ने त्यसका लागी बर्षामा हुने पहीरो स्थाइ रुपले रोकथाम गर्नका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकारवालाहरुले बताएका छन । बाह्रबिसे देखि कोदारीसम्मको सडकमा बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । नेपाली काँगेसका केन्द्रिय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतले बिपत हल्ला गरेर आउँदैन तर बिगतका अनुभबका आधारमा पनी बिपत आउँन सक्ने सम्भाबीत स्थानहरुमा समयमा नै रोकथाम तिर लाग्न पर्ने बताउँनु हुँदै यसका लागी आफु रातोदिन खटेको र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत लागाएत त्रिपुरा सुन्दरी, र भोटेकोशी गाँउपालिकाहरुले यस क्षेत्रमा हुन सक्ने घटनालाइ नजीक बाट हेरेको बताउँनु भयो । बुधबार जिल्ला समन्वय समि...








