सम्पर्क

जिबनशैली

घोर्थलीमा ५० प्रतिशत अनुदानमा मौरी घार वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घोर्थलीमा मौरीपालनको अथाह सम्भावना रहेको क्षेत्रलाई लक्षित गर्दै कृषि विकास शाखाको आयोजनामा मौरी पकेट विकास कार्यक्रम अन्तर्गत मौरी घार वितरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा, उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्ष सिताराम थापा तथा कृषि शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाको ५०% अनुदानमा प्रदान गरिएका मौरी घारहरू स्थानीय कृषकहरूलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले मौरीपालनले कृषकहरूको आयस्तर वृद्धि गर्नुका साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष नेपालले महिलाहरूलाई मौरीपालनमा संलग्न गराई आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने बताउनुभयो । स्थानीय कृषकहरू मौरीपालनमा संलग्न भई आत्मनिर्भर बन्ने अपेक्षा ...

बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया स्याउलेमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सगुन बस्नेत, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगचोकगढी नगरपालिका वडा नं १ स्याउलेमा रहेको श्री सेती देबी माबीमा बालविवाह रोकथाम सम्बन्धी अन्तर क्रिया कार्यक्रम भएको छ । वडा अध्यक्ष युबलालश्रेष्ठको प्रमुख अतिथ्यतामा रेष्ट पैरबी समुह सिन्धुपाल्चोकको आयोजनामा उक्त कार्यक्रम भएको हो ।समुहका जिल्ला संयोजक यज्ञ प्रसाद दङ्गालको सभापतीत्वमा भएको सो कार्यक्रममा बिद्यालयका बिद्यार्थी शिक्षक अभिभावक तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । वडा १का वडा सदस्यहरु रामशरण अधिकारी, दिल कुमारी कार्की, उमा परियार,कालुमान बिक , सेती देबी माबी का प्रअ सबिन दङ्गाल, रेष्ट जिल्ला कार्यलय प्रमुख कुमार भट्राइ,वडा भित्रका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरु, बिद्यालयका प्रअ हरु लगाएतको उपस्थिती रहेको थियो । कानुन व्यवसायी मोहनराज गिरीले सहजीकरण गर्नु भएको कार्यक्रममा कुमार भट्राइ,रामशरण अधिकारी, लगाएतले शुभक...

नेपाल किड्सको सहयोगमा विद्यार्थीहरुलाई ट्याकसुट वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री आदर्श विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले निःशुल्क ट्याकसुट वितरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर तामाङको पहलमा समाजसेवी हरिशरण गिरीले नेपाल किड्स संस्थाको तर्फबाट बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गरेका ६३ जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठले विद्यार्थीहरुलाई ट्याकसुट वितरण गर्नु भएकोमा समाजसेवी हरिशरण गिरीले गर्नुभएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले वडा भरिकै विद्यालयहरुमा विभिन्न किसिमको सहयोग गर्दै वडाको शैक्षिक सुधारमा हातेमालो गर्नुभएको पनि बताउनुभयो ।ट्याकसुट वितरण कार्यक्रमका पाल्नुभएका संस्थाका अध्यक्ष हरिशरण गिरी, उपाध्यक्ष शान्ति गिरी, सदस्यद्वय नारायण भट्टराई र भगवान गिरीलाई शिक्...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारी को हुन् ?

जिबनशैली, विचार, समाचार
थाहा नगरपालिका वडा नं. ६, टिस्टुङ बज्रबाराहीका स्थायी बासिन्दा शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहनु भएको छ भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल हुनुहुन्छ । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उहाँ हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत रहनुभएको छ । उहाँले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्...

कुमार बस्नेतद्वारा शिक्षासामग्री वितरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जेठ १९ – सुनकोशी ५ रतनकोट आधारभूत बिद्यालयमा पुर्व स्वस्थ मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्...

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
जेठ १८ नेपालगञ्ज ÷बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्धारा स्थित बर्दिया टाईगर रिसोर्टमा शनिबार र आईतवार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पुर्ब अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिनुएको थियो । दुईदिन सम्म सञ्चालन भएको तालिमा प्रशक्षिक बासकोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको ब्यवस्थापन सम्बन्धी कार्यबिधि, स्थानिय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानिय तहको न्यायीक कार्य सम्बन्धी ब्यवस्था, स्थानिय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अबस्था कम गर्ने रणनितिक उपाय,, स्थानिय तहमा गठबन्धका बिभिन्न समिति र तिनका कर्तब्य तथा आपसी समन्वयको अबस्थाका बारेमा प्रशिक्षण...

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उप...

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्धारा शैक्षिक सामग्री प्रदान

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले आज शैक्षिक सामग्री – कापी, कलम, सिसाकलम, कलम,जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ ।   आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, तेर्से मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालय र प्रज्ञा आधारभूत विद्यालयमा वितरण सम्पन्न गरेको छ । तेर्से माविमा आयोजित कार्यक्रममा मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङले रेष्टले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा सहयोगको अपेक्षा गर्नुभयो । रेष्टले सिन्धुपाल्चोकमा २०५७ सालबाट निरन्तर काम गर्दै आइरहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराइले जानकारी दिनुभयो । जिल्लामा १३७९ जनालाई यस वर्ष शैक्षिक सहयोग गर्ने तयारी रहेको भट्टराइले जानकारी दिनुभयो । रेष्ट केन्द्रीय कार्यालयका सह कार्यकारी निर्देशक...

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १८ जेठः काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।rss...

१९ गतेदेखी पूर्व अरनिकोका सवारी साधन बन्द हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
चण्डीका नेपाली सिन्धुपाल्चोकबाट सञ्चालित पूर्व अरनिको प्रा.लिमा आवद्ध सवारीसाधनको सेवा जेठ १९ गतेबाट अनिश्चितकालीनका लागि बन्द हुने भएको छ । कम्पनीका सहायक कार्यालय प्रमुख चमन गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण सवारी साधनको क्यू स्थगित गरिएको हो । अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ । अहिले नेपालभरका सार्वजनिक यातायात व्यवसायी संघ संगठनले यातायात सम्बन्धी समस्या समाधानका लागि दबाबमूलक आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई समर्थन जनाउँदै पूर्व अरनिको यातायात प्रालिले पनि सवारी साधनको क्यू स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ । तायात व्यवसायीहरूले सवारी ऐन २०४९ क...