सम्पर्क

जिबनशैली

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
ताराचन्द्र देवकोटाकाठमाण्डौ ,देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका युवा नै समृद्ध नेपालका आधारस्तम्भ हुन् । राष्ट्रिय आवश्यकताअनुरुप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउँदै युवाहरूमा यही भावना जागृत गराउने उद्देश्यका साथ २००८ सालबाट युवा विद्यार्थीलाई सहभागी गराई राज्यले ‘नेशनल क्याडेट कप्र्स’ एनसीसी तालिम शुरु गरेको थियो, जतिबेला क्रान्तिबाट शान्तिमा फर्किएको नेपाली काङ्ग्रेस सम्मिलित मोहनशमशेर राणा नेतृत्वको सरकार थियो ।२००८ सालमा दरबार हाइस्कूल–त्रिचन्द्र कलेजका विद्यार्थीहरुको तीन प्लाटुन बनाई गोदावरी ९अहिलेको सेन्टजेभियर्स० को हातामा डा।बद्रीराज पाण्डे, डा।तेजलाल श्रेष्ठ, अर्जुन नरसिंह राणालगायतले एक महिने हतियारसहित आवाशीय तालिम लिएका थिए । २००८ सालबाट राज्यले शुरु गरे पनि २०२२ सालमा आधिकारिकता पाएको एनसीसी तालिमलाई थप व्यवस्थ...
दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै

दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै २०६४ साउनबाट शुरु गरिएको दामन पोष्ट पत्रिकाले आफ्नो १९औ बर्ष पुरा गरि २०बर्षमा प्रबेश गरेको छ । मकावनपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल दामनलाइ थप पहीचान दिदै राखीएको दामन पोष्ट २० बर्षमा प्रबेश गरेको अबशरमा शुभकामना तथा अझ प्रगतीमा जाओस भन्ने कामना गरिएको छ । दामन क्षेत्र उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित नेपालकै उत्कृष्ट हिमाली दृश्यावलोकन स्थलमध्ये एक मानिन्छ । यही क्षेत्रको पहिचान, संस्कृति, सम्भावना र समस्यालाई देशव्यापी रूपमा उजागर गर्ने उद्देश्यले दामन पोष्ट नाम रुाखेर पत्रिका सञ्चालन गरेको पत्रिकाका प्रधान सम्पादक शान्ताराम बिडारीले जानकारी दिनु भएको छ । दामानपोष्टले आफु २०बर्ष पुगेको अबशरमा बिशेष प्रकाशकीय मा यो कुरा उल्लेख गरेको छ । आफ्नो प्रकाशकीयमा दामनपोष्टले दामन पोष्ट ...
चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , सन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१० का बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र वडा कार्यालयबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा काठमाडौं मेडिकल कलेजका प्रशासन कार्य प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेल तथा वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार वडा नं. १० का बासिन्दाले उपचारका लागि अस्पताल पुग्दा प्राथमिकताका आधारमा सेवा प्राप्त गर्नुका साथै अधिकांश स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउनेछन्।     सम्झौताअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध हुनेछ भने जनरल बेड शुल्कमा...
सिन्धुपाल्चोकमा बाढीपहिरोको जोखिम बढ्दो, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सिन्धुपाल्चोकमा बाढीपहिरोको जोखिम बढ्दो, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, शिक्षा, समाचार
सगुन बस्नेत चौतारा, साउन ४ । निरन्तरको वर्षासँगै सिन्धुपाल्चोक जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन जिल्लाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सम्बन्धित निकायले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, स्थानीय तहहरू तथा सुरक्षा निकायहरूले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। पहाडी भू–भाग बढी रहेको जिल्लामा वर्षायामका बेला पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा आकस्मिक बाढी आउने सम्भावना उच्च रहने भएकाले अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ। विशेषगरी भोटेकोशी, सुनकोशी, इन्द्रावती, मेलम्ची लगायतका नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन भनिएको छ। साथै रातिको समयमा नदी किनार, प...
साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै जिल्ल बासीहरुलाइ यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मान्दै सिन्धुपाल्चोक जिल्लाको अरिनको राजमार्ग लगाएतका राजमार्गहरुमा बेलूका ७बजे देखी बिहान ५बजे सम्म सवारी आबत जावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले सिन्धुपाल्चोक जिल्लाका राजमार्गहरुमा पहीरोको जोखीम र सानातिना खोल्सा तथा खोलाहरुमा समेत बाढीको सम्भावना रहेकोले रात्रीको समयमा समस्या हुन सक्ने भएकाले सवारीसाधन हरुलाइ रोक लगाइएको बताउँनु भयो । यो सँगै कुनै समस्या भएमा तत्काल हटलाइन नम्बर १२३४ नेपाल प्रहरीको१००फोन गर्न समेत अनुरोध गर्नु भएको छ ।  ...
लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

., खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक मुद्दा समीक्षा कार्यक्रम सम्पन्न गर्दै न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ, जसले न्यायिक प्रशासनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रयासलाई थप मजबुत बनाएको देखिएको छ।अदालतमा आर्थिक वर्षको सुरुआतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २०० मुद्दा रहेका थिए भने चालु वर्षमा थप ७६० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल ९६० मुद्दाको लगत कायम भएको थियो। तीमध्ये ७५१ वटा मुद्दा फछ्र्योट गरिएको छ भने २०९ वटा मुद्दा अझै बाँकी रहेका छन्।  अदालतले चालु आर्थिक वर्षमा ६७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर निर्धारित लक्ष्यभन्दा ७५ वटा बढी मुद्दा टुंग्याउँदै...
आज साउने सङ्क्रान्ति पर्व

आज साउने सङ्क्रान्ति पर्व

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा ...
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
सुनिता रखाल,चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नियमित मासिक कार्यक्रमअन्तर्गत पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लामा सम्पन्न भएका प्रहरी गतिविधि, शान्ति सुरक्षा अवस्था तथा अपराध नियन्त्रणका प्रयासबारे जानकारी गराइएको थियो। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जेसी शाहको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷०८३ को असार महिनामा प्रहरीले सम्पादन गरेका प्रमुख कार्यहरूको प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा समुदाय–प्रहरी साझेदारी, लागुऔषध नियन्त्रण, साइबर अपराध न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, राजस्व संकलन, ट्राफिक व्यवस्थापन तथा विभिन्न आपराधिक घटनाको अनुसन्धानलगायतका विषयमा जानकारी दिइएको थियो। अन्तरक्रियाका क्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको पछिल्लो सुरक्षा अवस्था, अपराध नियन्त्रणका चु...
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम...
नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, शिक्षा, समाचार, स्वास्थ्य
  नेपाली कांग्रेसका नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले मुगु जिल्लाका स्व गणेश नेपालीकी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ । बस्नेतले आत्मदाह गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्व गणेश नेपाली प्रती श्रद्धान्जली ब्यक्त गर्र्दै नेपालीको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भयो । उँहाले नेपालीको परिबारलाइ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आत्मदाह गरेका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म आफुले पढाई दिने बताउँनु भयो । ‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रु...