सम्पर्क

जिबनशैली

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक , शिक्षक , विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो । कार्यक्रमको अवसरमा जिल्लाका दुईजना पत्रकारहरू सम्मानित भएका छन्। एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित हुनुभएको हो । अनाथ बालबालिकाको शैक्षिक गतिविधि र व...
निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा क्षेत्र नं १ र २ मा यसपटक समान १८÷१८जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धसपाल्चोकमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरू भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् । अन्यसमयमा शहरमा विलासी जीवन विताउने नेताहरु निर्वाचनको समय भने एक दुई महिना गाउँमै विताउने गरेको मतदाताहरुको भनाई छ । चुनाव सकिएको भोली पल्टदेखि उनीहरु गाउँमा आ...
राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
हेलम्बु गाउँपालिका वडा नम्बर ५ च्योमथलिमामा आयोजित “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकाले मेलम्ची –७ को नमुना एक्टिभ युथ  क्लबलाई हराउँदै उपाधी उचालेको हो ।  यो सँगै  नमुना एक्टिभ युथ  क्लब   दोश्रो भएको छ   तेस्रो स्थान भने जुगल गाउँपालिकाले हात पारेको छ मेलम्ची ७कै सृजनसिल लाई हराउँदै जुगल तेस्रो भएको हो ।तागाङ च्योम्थली चित्रे गोम्देन टोल विकास समितिको आयोजना तथा हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको बिजेताले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार वितरण गर्नुभएको आयोजकका ...
राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  चौतारा । माघ २७ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय द्धारा सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु संग चौतारामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको संघिय निर्वाचनको पुर्व सन्ध्यामा मनवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाइको नेतृत्वमा आएको टोलीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था बारे अनुगमनका लागि सिन्धुपाल्चोक आएका हो । जिल्ला प्रवेश गरेपछि आयोगले याहाँका नागरिक समाजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको हो । अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, नेपाल वार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, निर्वाचन पर्यवेक्षण गर्ने सस्था जियोग का संयोजक ज्ञानेन्द्र तिमल्सीना, मानव अधिकार सं...
तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी तेर्से माध्यमिक विद्यालयबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो ।  अब एक वडा एक विद्यालय,एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केहि सुधार गर्न सकिने बताउनुभयो । कतै दरबन्दी थुप्रीने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो । मन्त्री तामाङले ...
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । `फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ। यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द...
शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमालेका तर्फबाट उमेदवार बन्नु भएका शेर बहादुर तामाङले चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहनु भएका ८४ बर्षको बृद्धआमा धनमाँया नेपालसँग आसिर्बाद थाप्न आउँनु भएको छ । आज धनमाँया नेपालको ८४बर्ष पुरा भएको अबशरमा ८४को पुजामा प्रसाद समेत लिएर घर दैलो गर्नु भयो । चुनाबि अभियान अन्तरगत चौतारासाँगाचोकगढी नगरपालिका १४मा कायृकर्ता भेटघाट गर्दे आउँन भएका तामाङले आफुलाइ १४ नं वडाका मानीसहरु आफ्नै दाजुभाइ सरह लागेको बताउँदै यँहाको सुख दुखका बारेमा आफुलाइ जानकारी भएको बताउँनु भयो । घर दैलो क्रमम अशक्त बिन्दा बोहारा सँग समेत आसीर्बाद लिन पुग्नु भएको थियो । घरदैलोको क्रममा उँहाले स्थानीय स्तरमा उत्पादीत सामाग्रहिरुको बजारीकरणका लागी सबै लागी पर्न पर्ने बताउँनु भएको सरोज बोहाराले जानकारी दिनु भयो ।...
नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
 दिनेश भण्डारी, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका बंशलाल तामाङ हाल घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। उँहाले हेलम्बु, पाँचपोखरी मेलम्ची इन्द्रवाती र चौतारासाँगाचोक गढी नगरपालिकाका कार्यकर्ता भेटघाटमा ब्यस्त रहनु भएको छ । २ नै क्षेत्रका निर्बतमान सासद तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत सहीतका नेता तथा कार्यकर्ताहरु सहीत भएको भेटघाटमा काँग्रेसलाइ दसौहजारका मतान्तरले जिताउँने उद्धघोष गरेर घरदैलो शुरु गर्नु भएका तामाङले जनताका गुनासो सुन्ने मात्र नभई समाधान र दिगो विकासका उपाय खोज्ने प्रतिबद्धताका साथ मैदानमा उत्रिएको बताउँदै घर दैलो गरीरहनु भएको छ । स्थानीय तहमा देखाएको कार्यसम्पादनकै आधारमा उहाँलाई फरक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको नेपाली काँग्रेसका चौतारा साँगाचोकगढी नगरपालिका नगर ...

कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
पाटन (ललितपुर), २३ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो । “समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियोे,” उहाँले भन्नुभयो, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।” उहाँले जेनजी आन्दोलनको अपेक्षालाई...
अपाङ्गता भएका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापनासम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा

अपाङ्गता भएका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापनासम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
 अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूले वास्तविक रूपमा जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता परियोजनाले सेवामा पहुँच नपुगेका नागरिकलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उपप्रमुख उमा प्रधानले संस्थाले गरिरहेको कामले अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूलाई आत्मनिर्भर बन्न अगाडि बढ्न ठोस टेवा पु¥याएको बताउनुभयो । नगरपालिकाले यस्ता मानवीय र परिणाममुखी कार्यमा सधैं साथ दिँदै आएको भन्दै आगामी...