दिनेश भण्डारी, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका बंशलाल तामाङ हाल घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। उँहाले हेलम्बु, पाँचपोखरी मेलम्ची इन्द्रवाती र चौतारासाँगाचोक गढी नगरपालिकाका कार्यकर्ता भेटघाटमा ब्यस्त रहनु भएको छ । २ नै क्षेत्रका निर्बतमान सासद तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत सहीतका नेता तथा कार्यकर्ताहरु सहीत भएको भेटघाटमा काँग्रेसलाइ दसौहजारका मतान्तरले जिताउँने उद्धघोष गरेर घरदैलो शुरु गर्नु भएका तामाङले जनताका गुनासो सुन्ने मात्र नभई समाधान र दिगो विकासका उपाय खोज्ने प्रतिबद्धताका साथ मैदानमा उत्रिएको बताउँदै घर दैलो गरीरहनु भएको छ ।
स्थानीय तहमा देखाएको कार्यसम्पादनकै आधारमा उहाँलाई फरक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको नेपाली काँग्रेसका चौतारा साँगाचोकगढी नगरपालिका नगर सभापती इन्द्रलोचन धितालले बताउँनु भयो । घर दैलो अभियानमा सँगै डिीरहनु भएका धितालले तामाङ कुनै संयोगले उदाएका नेता होइन। गाउँघरकै माटोमा हुर्किएर आन्दोलन र सेवाबाट खारिएका, जनताले विश्वास गरेका नेतृत्व तामाङको राजनीतिक यात्रा सत्ता खोज्ने होइन, सेवामा निरन्तर हिँडिरहने यात्राका रूपमा स्थापित रहेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उहाँले आफ्ना विचारलाई व्यवहारमा उतारेका तामाङअन्तर्राष्ट्रिय विकासका अनुभवलाई स्थानीय आवश्यकतासँग जोड्दै स्वास्थ्य, पूर्वाधार, शिक्षा, कृषि, संस्कृति र प्रशासनिक सुधारमा उल्लेखनीय परिवर्तन गर्नुका साथै अस्पताल, सडक, खानेपानी, प्रशासनिक भवन तथा शैक्षिक संरचनाले पालिकाको समग्र स्वरूप परिवर्तन गर्नु भएको छ।उहाँको कार्यकालमा १५ शैयाको अस्पताल निर्माण, देशकै नमुनामध्ये पर्ने प्रशासनिक भवन, पालिकाभर सडक विस्तार, २८ हजारभन्दा बढी नागरिकलाई खानेपानी सुविधा, काठे पुलमुक्त पालिका अभियान, भृकुटी शान्ति पार्क तथा भूकम्प स्मृति पार्क निर्माण भएको थियो। जनताले भाषण होइन, परिणाम देखेको टिप्पणी स्थानीयवासीको रहेको छ।त्यस्तै बुढीचौर बस्ती विकास परियोजना, विद्यालय सुधार कार्यक्रम, कृषि आधुनिकीकरण, सिपमूलक तालिम सञ्चालन तथा रङ्गशाला निर्माण जस्ता योजनाहरू अघि बढेको तामाङको उपलब्धिले इन्द्रावती गाउँपालिकालाई देशकै नमुना पालिकाका रूपमा चिनाउँनु भएका कारण पनी तामाङ यस क्षेत्रका लोकप्रिय नेताका रुपमा परिचित हुनु हुन्छ धितालले बताउँनु भयो ।