सम्पर्क

जिबनशैली

राजकिय सम्मानका सहति दाहालको अन्त्यष्टी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
नेकपा माओबादी केन्द्रकी सल्लाहकार प्रधान मनत्री पुष्पकमला दाहालको धर्म पत्नी सिता दाहालको हिवो नर्र्भीक अस्पतालमा निधन भएको छ । लामो समय बिरामी पर्नु भएका दाहलको हिजो निधन भए पछी राजकिय सम्मानका साथ पशुपती आयृघाटमा अन्त्यष्टी गरिएको हो । स्व. दाहाललाइ प्रधान मन्त्री पुष्पकमल दाहाल,छोरीहरु रेणु,र गगां ले दाग बत्ती दिनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको थियो त्यस पछी दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।दाहालको अन्त्येष्टिको समयमा राजकीय स...

फैलियो लम्पी स्किन रोगको महामारी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
हाम्रो देस नेपालमा पनी गाईभैँसी लाग्ने लम्पी स्किन रोगको महामारी फैली सकेको छ । प्राय गाउँ गाँउमा यस रोगका बारेमा जानकारी नहुादा पनी पशुपालकहरु लाइ समस्या परेको छ । हाम्रो देसको ७७जिल्ला मध्ये ७६ वटा जिल्लामा यो रोग फैलिसकेको हुँदा उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ।प्रिषदले तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन पर्ने,प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न सङ्घीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्नेसङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित ¥यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्नेसङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने ...

सञ्चार संस्कृति र ब्ल्याक बक्स

., अन्तर्वाता, जिबनशैली, विचार, समाचार
भवानी बराल सूचना प्रविधिको विकासले आमसमुदायमा सूचनाको पहुँच सहज भएको छ । तर, सँगसँगै सञ्चार संगठनहरुमा आममानिसको पकड कमजोर भएको छ । निगम (कर्पोरेट) संगठनहरुबाट उत्पादित सूचनामात्र उपयोग गर्नु पर्ने बाध्यता आइरहेको छ । यसले राजनैतिक व्यवस्थामा पनि उग्र सिण्डिकेट प्रणालीलाई व्यवस्थित गर्दै लगेको छ । पुँजीवादी व्यवस्थामा सञ्चार संगठनहरु निगम मातहत हुन्छन् । पुँजीपन्थीहरुले सञ्चारका साधनहरुलाई औद्योगिकीकरण गर्छन् । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगका लागि वस्तुको उत्पादन गरिन्न । नाफाका लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ । पुँजीवादमा मालसामान उत्पादन प्रणाली विस्तार गरिएको छ । कुटिर उद्योगको स्थानमा ठूला उद्योग, पुँजी र संगठित शक्ति लागेका हुन्छन् । नाफा कमाउने र विनिमय मात्र गर्ने लक्ष्य भएकोले आत्मनिर्भरता यसको उद्देश्य भित्र पर्दैन । सञ्चार उत्...

जुगलले पालिका सिप लाइ पालिकामै लगाउँने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको व्यवस्थागर्न जनशक्ती उत्पादनमा लागेको छ । खाशगर िजेगल गाँउपालिकाले स्थानीय पालिका भित्र रहेका हरेक सिप भएका नागरिकलाइ पालिकामै रोजगारको पहलिो प्रथमिकता राद्यन पर्ने भन्दै गाउँपालिकाले बिभिन्न कार्यक्रम राखेको छ ।    गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवो उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ एक जुट भएर लागी पर्नु भएकोछ । गाउँपालिका अध्यक्ष रेशम स्याङवो उपाध्उक्ष हिमाल श्रेष्ठ लगाएतको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका ४ र जुगल हिमनदी र जुगल याङ्ग्री हिमचुलीको बिचमा रहेको १ हिमचुली गरी जम्मा ५ पाँच हिमचुलीको नामाकरण गरी आरोहणका लागि खुला गर्ने , पालिकामा सञ्चालीत हरेक आयोजना हाइड्रेपावर लगाएतका आयोजनाहरमा स्थानीय पालिकाका नागरिकलाइ रोजगारको पहीलो अबश...

ट्राफीक प्रहरी सिन्धुपाल्चोकमा जेष्ठको राजस्व १८९२५००

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला ट्रफिक प्रहरी कार्यलय सिन्धुपाल्चोक अँधेरीले जेष्ठ महीनामा मात्रै अठार लाख बयानब्बे हजार पाँच शय रुपैया राजस्व उठाएको छ । कार्यलयको सुचना अनुसार २०७९साल असार देखी हाल सम्मको जरिवाना रकमबाट उठेको रकम मध्य सबै भन्दा बढी २०८०साल जेष्ठ महीनामा १८९२५००। रहेको छ भने सबै भन्दा कम २०७९साल श्रावण महीनामा छैसठी हजार पाँच शय रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम आचार्यले यस बर्ष कार्यलयबाट एक करोड भन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको बताउँनु भयो । जेष्ठ मसान्त सम्ममा मुख्य राजमार्गमा जटील दुर्घटना नभएको भएता पनी ग्रामीण सडकमा भएको दुर्घटना बाट ९जनाले ज्यान गुमाएका छन भने साना ठुला गरेर ४४वटा सवारी साधन दुर्घटनामा परेका छन ।...

कफी पकेट क्षेत्र बनाउँन नगरपालिका तयार

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।      जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो । यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै प...

विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने भएको छ । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताउँनु भएको हो । सो अबशरमा मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिनु भएको हो । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उहाँले बताउँनु भयो । मन्त्री बस्नेतले भने,‘१० शैया विपन्नलाई निःशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ । नदिएको फेला परे कारवाही गर्छौ । आ...

गाँजा खेतीबारे बजेटमा सम्बोधन भए पछी तामाङ्ग खुशी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले प्रस्तुत गरेको आब २०८०÷८१को बजेटमा गाँजा खेतीलाइ गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकोमा नेकपा एमालेका नेता पुर्ब मनत्री शेरबहादुर तामाङले बजेटमा खुसी व्यक्त गर्नु भएको छ । आफ्नो सामाजीक सञ्जाल मार्फत हरेक वर्ष रू २० देखि ४० खर्ब आम्दानी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको मा सरकारलाई धन्यवाद भन्नु भएको छ । उहाँले ‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो म खुसी छु । सरकारलाई धन्यवाद,’ भन्दै पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै “गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने“ भनेर बजेट भाषणमा नितीगत रुपमा बोलेकोमा अर्थ मन्त्री लाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले अब हामी सबै भएर लागौं । हाम्रो अभियानले सार्थकता पाउने तर्फ अगाडी बढेकोमा सबैलाई बधाई भन्दै संसदमा मैले दर्ता गरेको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्था...

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।बजेट बक्तव्य, २०८० Final अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।rss...

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २
रासस सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ । बजेटको पूर्ण पाठ यसप्रकार छ: संघीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, 1. यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। 2. यस अवसरमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्...