सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले सडकको शिलान्यास गर्नु हुँदै स्थानिय सरकार बिकासको सारथि भएको बताउनुभएको छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा यो बाटोको काम सुरू हुनु खुशीको कुरा भएको बताउनु भयो ।
सो अबशरमा बाटोमात्र नभई नगरका सबै क्षेत्रको बिकासमा आफ्नो समुह लागिरहेको बताउँदै निर्माण कम्पनिलाई जतिसक्दो छिटो गुणस्तरीय हिसाबले काम सक्न पनि निर्देशन दिनुभएको छ ।
ओम बुध्द नंया युग जेभिले ५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि१७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रूपैयाँ ६७ पैशामा सम्झौता गरेको निर्माण कम्पनीका प्रोपाईटर घ्याल्बो लामाले बताउनुभएको छ ।
बाटोको काममा ग्याविन वाल, मेसिनरि वाल, पल्मब वाल र आवश्यकता अनुसार कटिङ्ग र कालोपत्रेको काम हुने उहाँले बताउनुभएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युवराज पुरीले जानकारी दिनु भएको छ ।
