सम्पर्क

जिबनशैली

हिराहरीद्वारा आयोजित जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकजिल्लाको चौतारामा जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतीयोगिता शुक्रबार बाट शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा प्रतियोगिता शुरु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजन तथा हिराहरी तेक्वान्दो डोजाङ्गको आयोजनामा सन्चालित प्रथम हिराहरि जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० प्रतियोगिताको अध्यक्षता भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले गर्नु भएको थियो । जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र बागमती खेलकुद परिषदका सदस्य निरन्जन थापा मगर,जिल्ला तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापा, हिरा बहादुर गुरुङ , हरिमाया गुरुङ पत्रकारहरुमा ज्ञानेन्द्र तिमल्सिना र निर्मल बस्नेत , जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका उपाध्यक्ष ...

भोटेकोशी पावर कम्पनीको शेयर भोटेकोशीलाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाँउपालिकाबासीलाई आफ्नो शेयर वितरण गर्ने भएको छ । भोटे कोशी गाँउपालिकाका अध्यक्ष पासाङ,नुर्पु शेर्पाले विगत लामो समय देखि माथिल्लो जलविधुत आयोजना माथिल्लो भोटेकोशी पावर कम्पनीद्वारा भोटेकोशी बासीलाई वितरण गर्ने भनिएको ६% शेयर विविध कारणवश वितरण हुन सकेको थिएन भन्दै आफु हरु निर्वाचित भएर आए देखि पालिका बासी लाए का शेयर दिन माग गरिरहेको जानकारी दिनु भएको छ । यस बिषयमा सम्बन्धित निकायसँग निरन्तर गृहकार्यमा थियौ त्यसको फलस्वरुप हामी सो कार्यको अन्तिम चरणमा पुगेका छौ । यसैबिच सो ६% शेयर अब केहि समय भित्र नै वितरण गर्ने याहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु्र उँहाले सामाजीक सञ्जाल मार्फत जानकारी गराउँनु भएको छ ।...

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाई

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गलकोट (बागलुङ), ३ पुस : धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो ।दुई सय सुन्तला...

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताउनुभएको छ । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताउनुभयो । “राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका ला...

(सामी)को दिप प्रज्वलन चौतारामा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) “आप्रवासीको योगदानको कदर र सम्मान गरौं अधिकारको योगदानको कदर र सम्मान गरौँ“ भन्ने मूल नाराका साथ सन् २०२३ डिसेम्बर १८ गते चौताराको सिन्धुपाल्चोकमा “अन्तर्राष्ट्रिय आप्रवासन दिवस“ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सोमबार चौतारामा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम समेत गरिएको छ । नि. जिल्ला प्रमुख अधिकारी निराजन श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार महासघंका जिल्ला सचिब बिदुर आचार्य,प्रहरी कार्यलयका प्रतिनिधी हरुको उपस्थितीमा जिल्ल प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सा...

ज्यान बाहदुर को अध्यक्षतामा सिन्धु लोकतान्त्रीक आदीबासी जनजाती महासघ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
ज्यान बाहदुर तामाङको अध्यक्षतामा लोकतान्त्रीक आदीबासी जनजाती महासघं को जिल्ला कार्य समिती गठन भएको छ । जस्मा उपाअध्यक्ष निमा बोम्जन सचिवमा बिमल श्रेष्ठ,सह सचिवमा सुस्मिता तामाङ ,सदस्यहरुमा निल बहादुर तमाङ (सुमन)हरिमान श्रेष्ठ,निमा ग्याल्वो लामा र सल्लाहाकार मा अमिर बहादुर श्रेष्ठ मनोनित हुनु भएको छ । सिन्धुपालचोक जिल्ला सभापती जंग बाहदुर लामाको बिशेष उपस्थितीमा उक्त कार्य समितीका पदाधिकारहिरुको मनोनित गरिएको हो। कार्यक्रममा , लोकतन्त्रबादी आदीवासी जनजाति महासंघ सिन्धुपाल्चोकका लागी केन्द्रीय प्रतिनिधी एवं वाग्मती प्रदेश सभा सदस्य छत्र बहादुर बोम्जनको रोहबरमा र आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ज्यान वहादुर तमाङ को अध्यक्षतामा कार्य समितीको चयन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रबक्ता नबराज भट्टराइले जानकरी दिनु भयो । उँहाका अनुसार नव गठीत कार्य समितीले पालिका स्तरमा स...

देसैभरी १२ सम्मको शिक्षा चाडै निःशुल्क हुन्छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक, २६ मंसिर ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारले छिटै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न लागीएको बताउँनु भएको छ। मन्त्री बस्नेतले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ मा रहेको इर्खु माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यसे बताउँनु भएको हो ।समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिलेकै सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गर्नु भएको हो । म आफु पनी शिक्षा प्रेमी भएका नाताले पञ्चायती ब्यवस्थामा एस एल सी सम्म निशुल्क हुन पर्छ भनी अभियान चलाएकोमा सरकारले निशुल्क गरेको स्मरण गराउँदै अहीले पनी सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले गत वर्ष देखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेर राष्ट ब्यापी निशुल्क गर्ने अभियानमा आफु लागेको बता...

गाउँपालिका स्तरीय होमस्टे तालिम पाँचपोखरीको भोताङमा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पाँचपोखरी थाङ्पाल गाउँपालिका र STLRP परियोजनाको साझेदारी कार्यक्रम अन्र्तरगत सोमबार आज बाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरु भएकोे छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रम बाट पाँचपोखरी भित्रका होटल तथा होमस्टेहरु ब्यबस्थित तथा गुणस्तरीय हुने विस्वास लिइएको बताउनुभयो । उहाँले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागी रहेको भन्दै त्यसैको लागी होटल र होमस्टेको विकास गर्दै अगाडी बढेको बताउनुभयो । यहाँले अतिथि सत्कार, खानाको परीकार देखि अन्यकुराहरुमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिमले गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष एवम् पाँचपोखरी पर्यटन बोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम भोताङको यार्सामा २८ गते सम्म चल्नेछ । तालिमले होमस्टे व्यवसायीहरु...

ओलीलाई दोलालघाट र सुकुटेमा स्वागत, बलेफीमा मायाँको चिनो, खाडीचौरमा सभा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
२५ मंसिर, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला दोलालघाट आईपुग्नु भएका नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई दोलालघाटमा भब्य स्वागत गरिएको छ । सो अवसरमा ओलीले दोलालघाटमा माछा पकाएर ब्यपारीहरुको ब्यपारलाई प्रोत्साहन दिनुभएको थियो भने भुम्लु गाँउपालिकाका पाटी इन्चार्ज प्रेम लामाले    दिनुभएको भुम्लु गाउ पालिकाको वडा न ७ र ८ को लालपुर्जा बिहिन बासिन्दा, सुनकोशी ३ जलबिधुत आयोजना तथा अन्य  सुझावहरु  गम्भिरता पुर्बक सुन्नुभएकोहाम्रा प्रतिनिधी एक राज श्रेष्ठले जानकारी दिनु भयो उँहाका अनुसार दुलालेश्वर बाताबरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ लगाएतले माँयाको चिनो समेत प्रदान गर्नूभएको थियो । यसै गरी बन्देउमा स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत गरेको थिए । सिन्धुपाल्चोक आइपुग्नु भएका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं ...

पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था थिएनः अध्यक्ष ओली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्वमा सरकार भयको बेला मेलम्चीको पानी काठाण्डौ लाने काम भएको बताउँनु हँुदै पाटीको नेतृत्वमा सरकार नभएको भए अहीले सम्म पनी मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी गर्नुभयो ।आईतबार नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीमा एक कार्यक्रमको प्रमुख अतिथिको असनबाट बोल्दै यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले भन्नुभयो, ’यस यात्राको क्रममा अहिल...