ठुलो सिरुवारी साना किसान सहकारीको साधरण सभा सम्पन्न
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३ मा रहेको ठुलो सिरुवारि साना किसान कृषि सहकारि सस्थाको तेश्रो साधरण सभा शनीवार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ का वडा अध्यक्ष एवँ नगर सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतमले मैन बत्ति बालेर साधरण सभाको उद्घाटन गर्नुभएको थियो ।
साधरण सभाको उद्घाटन गर्दै गौतमले बर्तमान समयमा सहकारी क्षेत्रको बिकासका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उँहाले सहकारीका माध्यमबाट गरेका हरेक कार्यक्रमहरु सफलतातिर अगाडि बढेको बताउँदै ठुलो सिरुवारिमा भएको ठुलो सिरुवारी साना किसान कृषी सहकारी सँस्थाले ठुलो सिरुवारिकै पहिचान बोकेर कामगरिरहेको बताउनुभयो । उँहाले सहकारीहरु धेरै भएतापनी ठुलो सिरुवारीमा चार वटा सहकारी सक्रीय रहेको पाइएको हुँदा निष्क्रीय रहेका सहकारीहरुलाई पनी समेटेर एकिकृत गर्दै स...