शैक्षिक सहयोग अक्षयकोषको पाँचौं वार्षिक साधारणसभा सम्पन्न
बिश्वराम अधिकारी÷मकवानपुर
शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उहाँको भनाई थियो ।उहाँले मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि ...
