सम्पर्क

जिबनशैली

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न, वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य
गिता अधीकारी काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत÷संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिए...

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भा...

बिश्व रेडक्रस दिवस मनाउँदै हिरासतमा रहेकालाइ कमल बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
“मानवतालाई जिवित राखौं” भन्ने मूल नाराका साथ बिश्वभर मनाइने बिश्व रेडक्रस दिवस रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्झनामा मे ८ का दिन आज चौतारामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना र चौतारा उपशाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ को मे ८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । उँहा ब्यापारको सिलसिलामा सन् १८५९ को जुनमा इटालीको सल्फेरिनो भन्ने ठाउमा पुगेका बेला एकातिर इटाली र फ्रान्सको संयुक्त सेना र अर्कोतिर अष्ट्रिया बीच नरसंहार युद्ध भइरहेको थियो । त्यो युद्धमा दुवैपक्षका सेनाहरु घाइते भएर मृत्यु समेत भएका थिए । युद्धको भयानक दृश्य देखेर ड्यूनाले घाइतेहरुलाई तत्कालै सक्दो सेवा पु¥याउँनु भयो । सल्फेरिनोको यस दुःखद् दृश्यबाट प्रभावित भएर उनले सन् १८६२ मा “सल्फेरिनोको सम्झना...

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभएको हो । चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उहाँले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिनुभयो । 'यहाँ (भृकुटी मण्डप)मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला', मन्त्री चौधरीले प...

आफ्नै पाठ्यपुस्तक पढाउँदै जुगल गाँउपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दुर्गा श्रेष्ठ जुगल, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा ‘हाम्रो जुगल ’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभएको छ । उँहाले गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको बताउँनु भयो । उँहाले ‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यपुस्तक तयार गरी लागू गरेका छौँ’, भन्नु भयो । उँहाले राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक...

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप लगाउँने सबैलाइ सहयोग गर्न बजगाइको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले आगामी जेठ १३ गतेदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने भएको छ ।पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउँदै गौतमले विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको बताउँनु भयो ।दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा पनी पोलियो विरुद्धको खोप १३गते देखी पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।पोलियो...

कृषी क्षेत्रलाइ प्राथमिकतामा राखेर बजेट बनाउँन श्रेष्ठको आग्रह

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले स्थानीय तहहरुले बितरण मुखी भन्दा पनी उत्पादनमुखी मा बजेट को व्यवस्थ ागर्न पर्ने बताउँनु भएको छ । उँहाले स्थानीय तहहरु वितरणमुखी बजेट बनाउने क्रमबाट पछि नहटेको दृष्टान्त दिनुहुँदै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन आग्रह गर्नुभयो । कृषी विकास कार्यालयले सोमबार सदरमुकाम चौतारामा गरेको जिल्लास्तर प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा आफ्नो भनाइ राख्दै श्रेष्ठ ले यस्तो बताउँनु भएको हो । उहाँले कृषिमा दिँदै आएको अनुदानको विरोध गर्दा बास्तविक कृषक समस्यामा पर्ने भएकाले आवश्यकताका आधारमा अनुदान दिने प्रणाली विकास गर्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले खेतीयोग्य जमिन र कृषि उत्पादन वर्षेनी घट्दो क्रममा रहेको र उत्पादन समेत खान योग्य नभएको भन्दै स...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ ।समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ती सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ती ...

आमसञ्चारको परिचय’ पुस्तक बजारमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २२ वैशाख : ‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिनुभयो । पूर्णाङ्क एक सयको यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी हुने लेखकद्वयले बताएका छन् । पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दा, पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकालगायत विषयमा चर्चा गरिएको छ । पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्र...

सिद्विगणेशमाविमा शैक्षिक समाग्रि प्रदर्शनि

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी वडा न ७ मा रहेको सिद्विगणेश माध्यमिक बिद्व्यालयले शुक्रबार बृहत् शैक्षिक सामाग्रि प्रदर्शनिको कार्यक्रम गरेको छ।बिद्व्यालयका बिद्व्यार्थिहरुद्वरा बिभन्न बिशयका सामाग्रीहरु प्रदशनि गरिएको थियो।बिघ्यार्थिहरुले निर्माण गरेको बैज्ञानिक सामाग्रिहरु मध्य ,बिज्ञानका सामाग्रिहरुले भने अझ प्रभाकारिता देखायको थियो।शिक्षा सिकाईका लागि कलात्मक,प्रयोगात्मक सिकाई उपलब्धि मुलक हुने भएकाले पढाइ लेखाईको बिकास सँगै प्रयोगात्मक,र कलात्मक शिक्षा सिकाई हुन पर्ने देखिएकाले यो प्रदर्शनीको आयोजना गरियको बिध्यालयका प्रअ राजकुमार यादवले बताउनु भयो। उँहाले कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरका कुनै पनि बिद्व्यार्थि हरु ले कम्तिमा पनि ३५ प्रतिशत भन्दा बढि अङ्क ल्यायर परिक्षमा उतिण हुन पर्ने तर त्यसका लागी पढ्दै नपढ्ने बिद्व्यार्थिलाई नम्बर मात्र दियर पास गराउने होईन सिकाईमा न...