सिन्धुपाल्चोकको मौलिक खान्दोके सेलो किङ्स लाउन्ज दरबार मार्गमा लाइभ गुञ्जीने
अश्मी स्याङतान कमला,सिन्धुपाल्चोक जिल्लाको चौतारा, जुगल, बलेफी, बाह्रविसे, मेलम्ची, इन्द्रावती, पाँपोखरीमा ,लिसंखु लगायत तामाङ समुदायमा उहिले देखिनै गुञ्जीदै आइरहेको खान्दोके भाका राजधानीमा पनि गुञ्जीने भएको छ । आफ्नो गाउँ ठाउँको संस्कार सँस्कृतिलाई उजागार गर्दै विभिन्न खान्दोके सेलो बजारमा ल्याइरहेका सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनले यस पटक “खान्दोके सेलो विथ ब्याण्ड” कार्यक्रम सञ्चालन गर्ने भएको हो । आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा कार्यक्रम गरिने भएको छ । खान्दोके सेलो गायकका रुपमा समेत परिचित र चर्चा कमाइ रहेका गायक लोप्चनले तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत ऐतिहासिक संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै संसार भरि प्रचार प्रसार गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको ब...
