ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपाल संस्थाले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ ।
संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरेका छन । विधालयको दिवा खाजालाई प्रभावकारी बनाउने र संस्थाले वितरण गरेको कुखुराको चल्लाबाट उत्पादीत मासु र अण्डा जस्ता स्थानीय उत्पादनलाई विधालयको दिवा खाजाको लागी प्रयोग होस भन्ने उदेश्यका साथ महिलाहरुको आर्थीक बिकासका लागी संस्थाले कुखुराको चल्ला , दाना, औषधी वितरण गरेको संयोजक जयन्ति सापकोटाले बताइन् । पिछडीएको दलित र जनजाती महीलाहरुलाई आत्मनिर्भर बनाई आफुले उत्पादन गरेको बस्तु आफ्नै बच्चाको निम्ति विधालयमा दिवा खाजाको रुपमा प्रयोग गर्ने बातावरण गराई संस्थाले घरायसी उत्पादनको बजारीकरण समस्या नरहने गरी उत्पादन बस्तुको विधालयमा विक्रि गराई गरीब र जनजाती महीलाहरुको आर्थीक पाटोलाई पनि सहयोग पुर्याउने लक्ष्य सस्थाले राखेको छ । वितरण कार्यक्रममा संस्थाका सामाजीक परीचालक राजन दंगाल, पुर्ण माया दनुवारको उपस्थिति रहेको थीयो । हार्ट अफ नेपाल संस्थाले वडा न १२ को चार वटा र वडा न ७ को २ वटा विधालयमा दिवा खाजाका लागी प्रति विधार्थी २० रुपैयाँ सहायता गदै आएको छ । हार्ट अफ नेपालद्वारा विपन्र विधार्थीलाई शैक्षिक सामाग्री वितरण हार्ट अफ नेपालले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाको वडा न ७ को २ वटा विधालय , वडा न १२ को ४ विधालय गरी जम्मा ६ वटा विधालयमा अति विपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री, विधालय पोसाक, जुत्ता, कपी, झोला कलम र पेन्सिल वितरण गरेको हार्ट अफ नेपाल संस्थाकी संयोजक जयन्ति सापकोटाले जानकारी दिएकी छन्र । संस्थाले ६ वटा विधालयको अति विप्रन ३०० बिधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको जनाएको छ । संस्थाले वडा न ७ को राजेश्वरी मा वी मा ६५ जना , बालबालीका सुधारमा ५० जना, त्यसैगरी वडा न १२ श्री ढोटार आ वि विधालयमा ४० जना, श्री पञ्चकन्या आ वि विधालयमा ३० जना, श्री इन्द्रावती आ वि विधालयमा ४५ जना र श्री भिमेश्वरी माध्यमिक विधालयमा ७० जना गरी जम्मा ३०० जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न सफल भएको छ । छात्रवृति वितरण कार्यत्रममा विधालय व्यवस्थापन समिति, जनप्रतिनिधी, शीक्षक र अभिभावकको सत्रिय उपस्थिति रहेको थियो ।
