रेडियो सिन्धु १७ बर्ष पुरा गरी १८औ बर्षमा प्रबेश
सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको रेडियो सिन्धुले १७ बर्ष पुरा गरी आफ्नो १८ औ बर्षमा प्रबेस गरेको छ १८औँ वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरूले रेडियोले आगामी दिनमा अझ प्रभावकारी, स्रोता–लक्षित र समुदायमैत्री कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष धुर्व दंगाल, निवर्तमान अध्यक्ष जीवन प्रसाद श्रेष्ठ लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेत , खुल्लापना डटकमका बिजय नेपाल लगायतले सामुदायिक रेडियोको भूमिकाबारे आफ्नो धारणा राख्दै रेडियोले समुदायका आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले स्थानीय मुद्दा, जनताको सरोकारका विषय तथा ग्रामीण भेगका समस्यालाई प्राथमिकताका...









