सम्पर्क

मनोरन्जन

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, ४ चैतः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि ...
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), ३ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभयो । “नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उहाँले भन्नुभयो । सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जो...
रेडियो सिन्धु १७ बर्ष पुरा गरी १८औ बर्षमा प्रबेश

रेडियो सिन्धु १७ बर्ष पुरा गरी १८औ बर्षमा प्रबेश

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको रेडियो सिन्धुले १७ बर्ष पुरा गरी आफ्नो १८ औ बर्षमा प्रबेस गरेको छ १८औँ वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरूले रेडियोले आगामी दिनमा अझ प्रभावकारी, स्रोता–लक्षित र समुदायमैत्री कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष धुर्व दंगाल, निवर्तमान अध्यक्ष जीवन प्रसाद श्रेष्ठ लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेत , खुल्लापना डटकमका बिजय नेपाल लगायतले सामुदायिक रेडियोको भूमिकाबारे आफ्नो धारणा राख्दै रेडियोले समुदायका आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले स्थानीय मुद्दा, जनताको सरोकारका विषय तथा ग्रामीण भेगका समस्यालाई प्राथमिकताका...
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ तर अधिकार मलाइ चाहीने तर दाइत्व चाही अरुलाइ देखाउँने कार्य बन्द गर्न पर्ने प्रमुख जिल्ल अधिकारी रामकृष्ण अधिकारीले बताउँनु भएको छ । “सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।उँहाले कानुन, ब्यवहार सबैले अधिकार र दाइत्व सबैको बराबर रहने बताउँदै दाइत्वका बारेमा जिम्मेवार बन्न आबश्यक रहेको बताउँनु भयो । उँहाले अधिकारका कुरा आफुबाट सुरु गर्छाै दाइत्व चाही अरुबाट सूरु गराउँन खोज्छौ यसो हँदा अधिकारको कुरा मात्र गरेर हँदैन काईन्वयन गर्नका लागी दाइत्व पनी बहन गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नु...
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

#, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार
भोजपुर, ३० फागुनः भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् । विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् । भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यावसायिक रूपमा खेत...
कबिता,  अभागी जिन्दगी

कबिता, अभागी जिन्दगी

खेलकुद, मनोरन्जन, विचार, साहित्य
अभागी जिन्दगी हो यो मानीसको जिन्दगी सबैलाइ थाहै छ अभागी जिन्दगी ,जसलाइ सहयोग गरे पनी अपजसको भारी आएको आएकै छ अभागी जिन्दगी हो नी कारोबारै नगरु भने भगवानरुपी यो मनले मान्दै मान्दैन अभागी जिन्दगी दुख पर्यो भनी आउँछन सहयोग गर्नै पर्यो गरे पछी भेट्नै मान्दैन अभागी जिन्दगी खाडीमुलुकमा गए तातोघाममा सेकीएर ज्याला गरी कमाइ ल्याए अभागी जिन्दगी आफु र आफन्तलाइ दुख पर्यो सहयोग गरे अहीले त पुरस्कार पाए अभागी जिन्दगी आफ्नै घर परिबार जिबन सङ्गीनी पनी पैसा नकमाए सारै रिसाउँछन अभागी जिन्दगी त्यसैले होला जन्म भुमी छोडेर खाडीमुलुकमा ज्यान माँया मारेर बिदेसिन्छन अभागी जिन्दगी , दुख गरेर कामएको सम्पती भएपो माँया लाग्छ गफ गरेर ल्याएको सम्पतीमा किन फिर्ता गर्नु अब बरु भेटघाट नै बन्द गरौ भन्ने सल्लाह हुन्छ तिम्रो दम्पतीमा ए दाजु भाइ इष्ट मित्र आफ्नो सँस्या जस्तै समस्या अरुको पनी हुन्छ भन्ने सोच्ने गरौ...
अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा खण्डसम्म सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले उक्त सडक मा चैत्र ७गते बेलुका ६बजे देखी बिहान ५बजे सम्मका लागी सबारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यलय भक्तपुरले एक सुचना जारी गरी उक्त सडक खण्डमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयका आधारमा २०८२ चैत ७ गतेदेखि २०८२ चैत २० गतेसम्म सो सडक खण्ड प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था गरिएको छ।सो अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधन (बस सहित) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन।त्यस्तै टिपर र ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।कार्यालयले सडक मर्मत तथा कालोपत्रे कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको भन...
सुशिला बिष्टको “कलसैमा ध्वजा”बजारमा

सुशिला बिष्टको “कलसैमा ध्वजा”बजारमा

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
लोक तथा दोहोरी गायिका सुशिला बिष्टले “कलसैमा ध्वजा” बोलको नयाँ गीत सांगीतिक बजारमा ल्याउँनु भएको छ । उक्त गीतमा नवराज गौतमको उत्कृष्ट संगीत रहेको छ भने एरेन्ज विष्णु तामाङले गर्नु भएको छ । गीतका शब्द शरण हुमागाइँले लेख्नु भएको हो । गीतमा गायिका सुशिला बिष्ट स्वयं र गायक शरण हुमागाइँको स्वर सुन्न सकिन्छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गर्नू भएको छ । भिडियोमा राजाराम सिम्खडा र अनिता खड्काले अभिनय गर्नु भएको छ भने कलाकारहरूको मेकअपको काम सीता छेत्रीले गर्नु भएको थियो । सुशिला बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति विभिन्न मिडियाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै गायिका बिष्टले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गर्नुभयो ।...
आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ फागुन : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र ह...
निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी सङ्गठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव, पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका अभिव्यक्तिलगायत कारणका बाबजुद पनि निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण...